स्काइप ग्रुप भिडियो कलिङमा २५ जनासम्मले भाग लिन सकिने

काठमाडौं ।

स्काइप ग्रुप भिडियो कल फिचर’ स्काइप प्रयोक कर्ताको लागि  नयाँ सुविधा थपिएको छ। यो सुबिधा  एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको स्काइपले जनाएको छ । केहिअघि माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो।माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ।

सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका छन्।केहिदिन यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ। स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ । जसमा  कुरा गरिरहेको व्यक्ति बीचमा हुन्छ। – एजेन्सी