लोकप्रिय मोबाइल म्यासेजिङ एप ह्वाट्सएपको नयाँ फिचर

काठमाडौं ।

ग्लोबल मेसेजिङ सर्भिस ह्वाट्सएपले यो बर्षको अन्त्यबाट नोकिया र व्ल्याकबेरीमा सेवा बन्द गर्ने भएको हो। फेसवुकले आफ्नो व्लगमा यसबारेमा जानकारी गराएको हो।ओएस प्लेटफर्मका लागि ह्वाट्सएपको नयाँ संस्करण भी २.१२.१४ थुप्रै नयाँ फिचरका साथमा आएको छ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको अब ह्वाट्सएपबाट फोटो वा भिडियो सेयर गर्न फोटो ग्यालरीको सहायता मात्र लिनु पर्दैन। यसमा प्रयोगकर्ताले वन ड्राइभ र गुगल ड्राइभ जस्तै अन्यत्र भएका फोटा तथा भिडियोहरु पनि सेयर गर्न सकिन्छ।यसले ७२.५ एमबी छ र आइओएस ६.० भन्दामाथिको संस्करणमा काम गर्नेछ।

यसका लागि नयाँ संस्करणमा choose from another app को विकल्प दिइएको छ। अपडेट गरिएको ह्वाट्सएपमा फोटो र भिडियो ब्राउजिङ डिजाइनमा पनि सुधार गरिएको छ भने जुम फिचर पनि छ जसको मद्दतले भिडियो प्ले भइरहेको बेला जुम गर्न सकिन्छ।