मोबाईलमा चाहेको Voice pack लिन सकिने

काठमाडौं, चैत्र ।  

देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकका लागि रिचार्ज कार्ड अफर ल्याएको छ । उक्त अफर अनुसार भ्वाइस प्याक लिन चाहने उपभोक्ताले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरिद गर्न सक्छन् ।

  प्रिपेड ग्राहकको भ्वाइस प्याकमा एनसेलले भ्वाइस प्याक भौचर कार्ड बजारमा ल्याएको हो भने जसले गर्दा भ्वाइस प्याक लिन अझै सहज बनाएको छ । बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सकिनेछ ।

यो कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरि दुईवटा विकल्पमा उपलब्ध छन । दैनिक प्याक भौचर कार्डको कर सहित ११ रुपैंयाँ पर्छ भने साप्ताहिक प्याक भौचर कार्डको ६० रुपैंयाँ पर्छ । दैनिक प्याकमा ११ मिनेट टक टाईम रहन्छ भने साप्ताहिकमा ७० मिनेटको टक टाइम सुबिधा रहेको छ ।

“आफ्ना ग्राहकका लागि प्रभावकारी सल्युसन्स् प्रदान गर्न एनसेल सधैं प्रयासरत छ । यसै क्रममा आएको भौचर कार्डले ग्राहकलाई भ्वाइस प्याक लिन सहज बनाई प्याक अन्तर्गतको विशेष मुल्यको लाभ लिन सहयोग गर्नेछ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।