भाइबरको नयाँ  फिचर

काठमाडौं ।

भाइबरले आईफोन ६ एस र ६ एस प्लसको लागि ३ डी फिचर ल्याएको छ। यस ३ डी फिचर प्रयोग गर्नको लागि आईओएस ५.८ भन्दा बढीको भर्जन हुनु पर्ने छ।

प्रयोगकर्ताले एप नखोली नयाँ म्यासेज र लेटेस्ट च्याटमा जान सक्ने सुबिधा बनाएको छ। यसका साथै डिटेल्ड इन्फर्मेशनमा गएर क-कसले च्याट पढको छ र कसले म्यासेज लाइक गरेको छ भन्ने पनि थाहा पाउन सकिने कम्पनीले जनाएको छ।