फेसबुकको ब्रेकिङ्ग न्युज एप

काठमाडौं ।  

फेसबुकले संसारमा भईरहेको घटनाहरुको समाचारका लागि छुट्टै मोबाइल न्युज एप बनाउदै छ। फेसबुकले नयाँ एप बनाउने छ जसबाट हामीले कुनै नयाँ घटना हुने बित्तिकै त्यसको समाचारको सुचना आ-आफ्नो मोबाइलमा पाउनेछौँ। यी सुचनाहरु ट्विटरमा ट्विट गरिएको १४० अक्षरमा सिमित सुचना आएझै आउनेछन्।

उक्त एप प्रयोगकर्ताको ईच्छा अनुसार समाचार प्रदान गर्ने तरिकाले डिजाइज हुँदैछ। यस एपले प्रयोगकर्तालाई आफुले रुचाएको विषयहरुको सुझाव दिनेछ। प्रयोगकर्ताले केहि विषयहरु छान्नेछन् र त्यहि विषय सम्बन्धी समाचारहरुको सुचना पाउनेछन्। यी सुचनाहरु क्लिक गर्दा यो एपले तपाईँलाई सो समाचारको प्रकाशक साइटमा लग्नेछ।

अहिलेसम्म सिमित प्रकाशन साइटहरु मात्र दर्ता हुने अनुमान गरिएको छ। यो एपको प्रक्षेपण हुने मिति तोकिएको छैन। उक्त एप अहिले अल्फा टेस्टिङ्गको चरणमा छ। यस चरणमा एप बनाउने निर्माताहरुले आफै एपको परिक्षण गर्छन।