फेसबुकमा भएको आफ्नो मोबाइल नम्बर हटाउनुस्, हुनसक्छ डाटा लीक

काठमाडौं ।  

यदी फेसबुकमा तपाईले आफ्नो मोबाइल नम्बर राख्नु भएको छ भने तुरुन्त हटाइ हाल्नुस् । तपाईले नम्बर राख्नु भएको छ भने जो कोहीले पनि फेसबुक सर्च बारमा गइ तपाईको नम्बर राखेर तपाईको जानकारी निकाल्न सक्छ । चाहे तपाईको सेटिंग जे सुकै होस् । जस कारण कसैले पनि तपाईको जानकारीको गलत प्रयोग हुनसक्छ ।

एक रिपोर्टका अनुसार साल्ट एजेन्सीका टेक्निकल डायरेक्टर रेजा माउनुदीनले लाखौँ नम्बर फेसबुक कम्बिनेशन एप बनाएर त्यहाँ राखे अनि सर्च गर्दा सबै व्यक्तिगत विबरण आयो ।

उनले पत्रिकासँग भने, ‘कसैले पनि फेसबुकमा राखिएको नीज नम्बर लिन सक्छ । त्यसको गलत प्रयोग पनि हुन सम्छ । उसले प्रयोगकर्ताको विबरण बेच्न पनि सक्छ ।’

आरए एंडडी कर्पोरेशनको एक पछिल्लो रिपोर्टका अनुसार तस्बिर, नाम, फोन नम्बर, पढाई आदीबारे जानकारी अबैद्य ट्रडिङ साइटमा बेच्न सकिन्छ । त्यस्तै, त्यहाँ क्रडिटकार्ड चोरी गरी त्यसबाट पनि फाइदा लुट्न सकिन्छ ।एजेन्सी