फेसबुकमा प्रधानमन्त्रीको नामबाट फेक एकाउन्ट

काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट फेसबुकमा कुनै स्टाटस अर्थात जानकारीहरु आएमा नपत्याउनुहोला, किनकि अहिलेसम्म ओलीको फेसबुक एकाउन्ट छैन। ओलीको  नाममा भएको फेसबुक आइडी फेक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मंगलबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको फेसबुकमा कुनै एकाउन्ट वा पेज नरहेको  प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन्। ‘ हाल सम्माननीय प्रधानमन्त्रीज्यूको व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको पनि जानकारी गराउँदछु। उहाँको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोष्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि म सबैमा आग्रह गर्दछु’ उनले भनेका छन्। हाल प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्ट २ऊ)लभउब िमात्र आधिकारिक रहेको दाहालले बताएका छन्