‘प्लमबागो’ नामको एप डिजीटल नोटबुक: अक्षर राम्रो बनाउन सकिने

काठमाडौं ।
माइक्रोसफ्टले विन्डोज ८.१ र १० ओएस भएका ट्याब्लेटहरुका लागि नयाँ एप ल्याएको छ। ‘प्लमबागो’ नामको यो एप एक डिजीटल नोटबुक हो जसले अक्षर राम्रो बनाउन मदत गर्छ र लेखिएका नोटहरु पछि पढ्न पनि सकिन्छ।
माइक्रोसफ्टले एक ब्लगमा यो नयाँ एपमा वास्तविक मसी प्रविधि र अप्टिमाइज्ड टूल पिकर जस्ता फिचर भएको उल्लेख गरेको बताइएको छ।
यी फिचरले नोटबुक कभर र पेपर सेलेक्टरमा जानका लागि ट्यापको संख्या कम गर्न मदत गर्नेछ। यो एपले २५ पानासम्मको भर्चुअल नोटबुक दिने र पाना पल्टाउनका लागि स्क्रिन स्वाइप गरेपछि कापी जस्तै पल्टाउन सकिन्छ। यसमा लेख्नका लागि कलम, पेन्सिल र हाइलाइटरमध्ये जुन सुकै रोज्न सकिने बताइएको छ।
यो नयाँ एपले कलम र कापीको प्रयोग कम गराउन सक्ने पनि विश्लेषकहरुकाे अनुमान छ।