नयाँ फोनमा सबै डाटा एकै मिनेटमा यसरी सार्नुहोस्

Transfer data mobile to mobile

काठमाडौं ।  

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर

फोन नम्बर ट्रान्सफर गर्ने तरिका:

गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस्

यदि तपाईंले आफ्नो मोबाइलमा सेभ गरिएका फोन नम्बर अथवा कन्ट्याक्टलाई गूगलमा सिंक गरेर राख्नु भएको छ भने नयाँ किन्नु भएको स्मार्टफोनमा गूगल अकाउन्टमा साइन इन गरेलगत्तै सबै कन्ट्याक्ट्स तपाईंको नयाँ फोनमा सिंक भएर देखिनेछ । सिमकार्ड मार्फत यसरी सार्नुहोस् कन्ट्याक्ट्स यदि तपाईंको मोबाइलमा सेभ गरिएका फोन नम्बर गूगल अकाउन्टमा सिंक गरिएको छैन भने यसलाई तपाईंले दुई तरिकाले अर्को फोनमा सार्न सक्नुहुन्छ ।

सिम कार्डमा २५० वटा कन्ट्याक्ट सेभ हुन्छन् । यदि तपाईंको कन्ट्याक्ट २५० भन्दा कम छन् भने यसलाई नयाँ फोनमा सार्न निकै सजिलो हुन्छ । सबैभन्दा पहिले फोनमा कन्ट्याक्ट्स एप खोल्नुहोस्, मेन्यू आइकनमा थिच्नुहोस्, त्यसपछि म्यानेज, इम्पोर्ट/एक्सपोर्टलाई सेलेक्ट गर्नुहोस्। यद्यपी कुनै स्मार्टफोनले अटोमेटिक इम्पोर्ट/एक्सपोर्टको अप्सन दिएको हुन्छ । त्यसपछि पप–अप विन्डोबाट एक्सपोर्ट टु सीम कार्ड सेलेक्ट गर्नुहोस् ।

यस्तो गरेलगत्तै तपाईंको सबै कन्ट्याक्ट्स फोनको सिम कार्डमा आउनेछ । त्यसपछि सिम कार्डलाई नयाँ फोनमा हाल्नुहोस्। नयाँ फोनमा पनि त्यहि स्टेप दोहोराउनुहोस् । तर यसमा एक्सपोर्टको सट्टा इम्पोर्ट गर्नुपर्ने हुन्छ । यति गर्दा तपाईंको सबै कन्ट्याक्ट्स तपाईंको फोनमा आउनेछ ।

मेमोरी कार्ड मार्फत यसरी सार्नुहोस् कन्ट्याक्ट्सः

तपाईं आफ्नो फोनमा एड्रेसबुकलाई विसिएफ फाइलको रुपमा आफ्नो मेमोरी कार्डलाई एक्सपोर्ट गर्न सक्नुहुन्छ । त्यसपछि मेमोरी कार्डलाई नयाँ फोनमा राखेर कन्ट्याक्ट्सलाई त्यसमा इम्पोर्ट गर्नसक्नुहुन्छ । यस प्रकारले तपाईं हज्जारौं कन्ट्याक्ट्स एकपटकमा नै सार्न सक्नुहुन्छ । मेसेज सार्नका लागि पुरानो फोनलाई नयाँ फोनमा कन्ट्याक्ट्स ट्रान्सफर गर्नुभन्दा मेसेज सार्न अलि कठिन हुन्छ ।

यसका लागि तपाईं फ्रि एसएमएस ब्याकअप र रिस्टोर ऐप प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंलाई सजिलो बनाइदिन्छ । यो एपले विज्ञापनलाई सपोर्ट गर्दछ । यसमार्फत एक फोनको मेसेज अर्को फोनमा ब्याकअप र ट्रान्सफर गर्नको लागि केवल एउटा टच काफी हुन्छ । यसका साथै तपाईं आफ्नो मेसेजmलाई ब्याकअपको लागि भिन्न फोल्डर पनि बनाउन सक्नुहुन्छ । यो एपले एक्सटर्नल स्टोरेजमा पनि मेसेज सेभ गर्ने सुविधालाई सपोर्ट गर्ने गर्दछ । यसमा तपाईं पासवर्ड प्रोटेक्स