ट्वीटरको डिरेक्ट म्यासेज अब १४० अक्षरमा भन्दा बढि

काठमाडौं ।  

ट्विटरले प्रदान गरिरहेको डिरेक्ट म्यासेज सेवा मात्र १४० अक्षरमा सिमित हुने गर्दथ्यो। तर हालैमा ट्विटरमा भएको नयाँ अपडेटले प्रयोगकर्तालाई १४० अक्षरमा सिमित नभई लामो मेसेज पठाउन सक्ने सुविधा दिएको छ। अझ बढि ग्राहकहरु आकर्षित गर्ने र आफ्नो सेवाहरुलाई अझ सजिलो गराउने लक्ष्य लिएर ट्विटरले यो सेवा सुरु गरेको हो।

केहि दिन अघि विस्तार गरिएको यो डिरेक्ट मेसेज सेवामा ग्रुप म्यासेज र फलो नगर्ने ग्राहकहरुलाई पनि म्यासेज पठाउने सेवा सुरु गरिएको थियो। यससँगै अब आउने यो नयाँ परिवर्तनले ग्राहकहरुलाई छोटो समाजिक म्यासेजमा सिमित नभई लामो व्यक्तिगत म्यासेजको सेवा सुरु गर्नेछ। यसले ट्विटरकै एपमा च्याट गर्ने सुविधा पनि दिनेछ।

“हरेक दिन लाखौँको संख्यामा हुने ट्विटहरुले ग्राहकहरुमा उक्त ट्विटको बारेमा व्यक्तिगत छलफल गर्ने रहर भएको हुन्छ। यो नयाँ अपडेटले यसै कुरालाई प्राथमिकता दिँदै ट्विटरलाई अझ शक्तिशाली र मनोरञ्जनात्मक बनाउने छ” ट्विटरका प्रबन्धक ‘सचिन अगरवाल’ले आफ्नो ब्लगमा प्रतिक्रिया जनाएका थिए।

ट्विटर कम्पनिले केहि समय अघि देखि रहेको बाधाहरु घटाउदै नयाँ ग्राहकहरु आकर्षित गर्ने लक्ष्य लिएर नयाँ अपडेटहरु ल्याउँदै गरेको छ। कम्पनिको मुख्य आर्थिक आधिकारीले पनि ट्विटर चलाउन धेरै गाह्रो लागेको भनेर आफै स्विकार गरेका थिए। ट्विटरमा नचाहिने बन्देजहरु भएको र नयाँ ग्राहकहरुलाई केहि दिनमा नै दिक्क लाग्ने पनि उनले स्विकार गरेका थिए।

नयाँ अपडेटले डिरेक्ट म्यासेज सेवाको अक्षर सिमा १० हजारको राखेको छ। तर समाजिक ट्विटहरु को सिमामा परिवर्तन गरिएको छैन। ट्विटहरु अहिले पनि १४० अक्षरमा सिमित छन्। यससँगै ट्विटरले नयाँ सेवा सुरु गर्ने योजना बनाउदै छ। यस सेवाले ट्विटरमा एकाउन्ट नभएकाहरुले पनि आफुलाई मनपर्ने व्यक्तिको ट्विट, तस्विर र भिडियोहरु हेर्न पाउनेछन्।

डिरेक्ट म्यासेज सुविधाको यो नयाँ अपडेट रिलिज भई सकेको र केहि दिनमा विश्वभरी प्रयोग हुने बताईएको छ।