टेलिकमको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने, सञ्चार मन्त्री

काठमाडौं । 

नेपाल टेलिकमले आफुलाई एक नम्बरको कम्पनीका रुपमा स्थापित गर्नुपर्ने। सूचना तथा सञ्चार मन्त्री शेरधन राईले दुई महिना भित्र गुणस्तरमा सुधार नभए नेपाल टेलिकममा उच्चस्तरिय छानबिन थाल्ने बताएका छन् । शुक्रबार नेपाल टेलिकमको १२ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने–दुई महिनामा गुणस्तरको समस्या समाधनका भएन भने उच्चस्तरिय प्राबिधिक समिति गठन गरेर छानबिन गर्छु ।’

सूचना तथा सञ्चार मन्त्रीले सरकारले नेपाल टेलिकमको वर्तमान अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने बताए । जनताले महशुस गर्ने गरि सुधार गर्न भन्दै मन्त्री राईले विज्ञता र प्रबिधी नभए सरकारलाई भन्नु तर गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

सन २०२० सम्ममा देशका सबै जनतामा इन्टरनेट सुबिधा पुर्याउने योजनासहित सरकार अघि बढेको उनले बताए । ग्रामिण दुर सञ्चार कोषको रकम उपयोग गरेर मध्य पहाडी लोकमार्गको पुर्वी खण्डबाट अप्टिकल फाईबल बिछ्याउने काम सुरु हुन लागेको पनि उनले बताए । नेपाल टेलिकमले आफुलाई एक नम्बरको कम्पनीका रुपमा स्थापित गर्नुपर्ने मन्त्रीको भनाई थियो ।