गुगलबारे रोचक जानकारी

काठमाडौं ।

गुगल केवल सर्च इन्जिनमात्र हैन , गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।गुगललाई तपाइँले टाइमरका रुपमा,उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न, बिभिन्न हिसावकिताव राख्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही  फिचरहरुबारे  यहाँ जानकारी दिँदै छौं ।

१. गुगलको प्रयोगबाट  ब्रहृमाण्डको  पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई  खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ ।

२. आर्कषक डिजाइनका लागि नयाँ-नयाँ फन्टको जरुरी छ भने पनि गुगल तपाइँको सेवामा हाजिर छ । गुगलमा गुगल डट कम/फन्टस् मार्फत् तपाईले हजारौं फन्ट भेट्नुहुन्छ र यसलाई डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।

५.केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।

६. तपाईलाई ठुलो सङख्या उच्चरणमा समस्या छ ? यदि छ भने गुगल खोल्नुस र १२ अंकभन्दा माथिका सङख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउनुस । त्यसका लागि तपाइँले यहाँ तस्वीरमा देखाएजसरी अंकको अन्तिममा इङलिस शब्द राख्नुपर्छ ।

७. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।

८. यदि तपाइँ स्कलर हुनुुहन्छ र ठूला बिश्वबिद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरुको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाइँका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखवारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।

९. गुगलले सुरु गरेको गुगल कल्चरमा तपाइँले संसारभरीका महान कलाकारले बनाएका पेन्टिङ र ठूला म्यूजियममा राखिएका कलाहरु पाउन सक्नुहुन्छ । र, यस्ता तस्वीर हाइ रेजुलेसनमा पाइन्छ ।

१०. यदि तपाइँ डिजिटल मार्केटिङ पेशा वा ब्यबसायमा हुनुहुन्छ भने डिजिटल दुनियाँ छिचोल्न र यसभित्रका प्राबिधिक बिषय बुझ्नु निकै महत्वपूर्ण हुन्छ । यसलाई समाधान गर्न गुगलले सुरु गरेको ‘थिंकवीथ गुगल’ सेवा । यो यस्तो डिजिटल चिट सिट हो जसले तपाइँलाई डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैमा बाँड्ने छ ।

११. सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरु नयाँ नयाँ कुरा खोज्न भौतारिइरहेका हुन्छन् । सेलिबि्रटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि बिषय गुगलमा खोजिन्छन् । तपाइँले दिनभर बिश्वबाट केके कुरा खोजियो भन्ने रोचक जानकारी गुगलमै पाउनुहुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा खोजी गरिएका कुराहरु देखाउँछ ।

१२. तपाइँले भेटेका कुनै तस्वीर सवैभन्दा पहिले कहाँ अपलोड भएका थिए वा त्यस्तै आकृति भएका अरु तस्वीर कहाँ छन भन्ने पनि गुगलबाटै थाहा पाउन सक्नुहुन्छ । यसका लागि तपाइँले गुगलमा गएर सर्च बाइ इमेज अप्सनमार्फत तस्वीर वा तस्वीरको लिंक अपलोड गर्न सक्नुहुन्छ ।

१३. यात्रामा निस्कदा जहिले पनि भाषाको समस्या पर्छ नै । बिभिन्न संकेत वा ठाउँको नाम नबुझ्ना अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपमा जानुहोस र बास्तविक समय र आवाजमा अनुवादको सुविधा लिनुहोस् । देश र स्थानअनुसारको भाषामा अनुवादसहित यो सुविधा उपलब्ध छ ।

१४. गुगल साउण्ड सर्च विजेटको सुविधाले तपाईले सुनिरहनुभएको गीतहरुबारे जानकारी पाउन सकिन्छ । साथै गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न तपाईलाई सहायता पुर्याउँछ ।