एप्पलको आइफोन ४ इन्चबाट ६ इन्च भएर आउदै

काठमाडौं । 

आइफोनको मामलामा सबैभन्दा अगाडी रहेको अमेरिकी चर्चित ब्राण्ड एप्पलले आगामी सेप्टेम्बरमा बजारमा ल्याउन लागेको आइफोन ६ इन्च ठूलो स्त्रिनमा ल्याउने भएको छ। हाल ४ इन्च मात्रै स्त्रिन रहेको आइफोन ५ एस र ५ सीलाई अपग्रेड गर्दै एप्पलले आइफोन ठूलो स्त्रिनको स्मार्टफोन प्रतिस्पर्धात्मक रुपमा ल्याउन लागेको हो।

पछिल्लो समयमा सामसुङ र एचटीसीसले ठूलो स्क्रिन साइजका स्मार्टफोन बजारमा ल्याएपछि उपभोक्ताको रोजाईमा ठूलो स्क्रिनका स्मार्टफोन परेका छन्। नयाँ उपभोक्ता आर्कर्षित गर्न नसकेको एप्पलले आफ्ना पुराना ग्राहकलाई नयाँ भर्सनका आइफोन बेच्दै आफ्नो बजार हिस्सा जोगाइरहेको छ। दुई भिन्नभिन्नै स्त्रिनसाइजमा आइफोन ल्याउने उसको तयारीले सामसुङ र भारतीय तथा चिनियाँ मोबाइल उत्पादकसँग प्रतिस्पर्धा गर्ने देखिन्छ।

आइफोन ६ बारे पश्चिमा मिडियाहरुले भिन्नभिन्न हल्लाहरुलाई छाप्दै आएका छन्। दुई भिन्ना भिन्नै फोनको स्केचसहित आएको यो पछिल्ला समाचार आइफोन ६ बारे सवैभन्दा आधिकारिक सूचना भएको बिजनेस इनसाइडरको अनुमान छ। साथै यसमा विभिन्न एप्लिकेशसनहरु समेत राखिएका छन। जसले आइफोनको उपभोक्तालाई सबै फिचर्सहरु चलाउन सघाउनेछ। एजेन्सी