एउटै भिडियो लगातार प्ले गर्ने सुविधा युट्युबले ल्यायो

काठमाडौं । 

एउटै भिडियो लगातार प्ले गरेको गर्‍यै गर्न सकिने नयाँ सुविधा युट्युबले ल्याएको छ। पहिला एउटै भिडियो सकिने बित्तिकै फेरि तुरुन्तै प्ले भइरहने बनाउन अर्कै साइट वा ब्राउजर एक्सटेन्सनको सहारा लिनुपर्थ्यो।

अहिले युट्युबमा प्ले भइरहेको भिडियोमा माउसले राइट क्लिक गरेर देखिने अप्सन मध्ये लुपु मा क्लिक गरिसकेपछि भिडियो सकिने बित्तिकै फेरि प्ले हुन थाल्छ।

डेस्कटप कम्प्युटरमा मात्र यो सुविधा प्रयोग गर्न सकिन्छ भने मोबाइलहरुमा थप्न बाँकी नै छ।