पाँच गुणा बढी उर्जा सञ्चित गर्ने लिथियम लिथियम ब्याट्रीको विकास

काठमाडौं । 

हाल प्रचलनमा भएका ब्याट्रीभन्दा पाँच गुणा बढी उर्जा सञ्चित गर्न सक्ने नेक्स्ट जेनेरेसनका लिथियम ब्याट्रीको विकास, अमेरिकाको सिकागोस्थित युनिभर्सिटी अफ लोनोइसमा आवद्ध खोजकर्ताहरुले गरेका छन् ।

यस किसिमको ब्याट्रीले हालका ब्याट्रीमा देखिएको उर्जा सञ्चितिको समस्यालाई समाधान गर्ने कुरा खोजकर्ताहरुको छ । अहिले प्रचलनमा रहेका लिथियम–एयर ब्याट्रीहरुले अक्साइड कम्पाउन्डहरुको संगठित रुप लिएर उर्जा सञ्चित गर्ने गर्दछन् । यस्ता ब्याट्रीमा गरिएका लिथियम ब्याट्रीमा लिथियम पेरोक्साइडको प्रयोग गरिएको हुन्छ ।

भर्खरै खोजकर्ताहरुले विकास गरेको ब्याट्रीमा सजिलै लिथियम र अक्सिजनमा रुपान्तरण हुनसक्ने भएकाले उच्च कार्यक्षमता र लाइफ सर्कल हुनेछ भने यसमा लिथियम सुपरअक्साइडको प्रयोग गरिएको हुन्छ ।