Why Texas International College ? Shankar Prasad Sharma

Tips for Choosing the Right IT College in Nepal

१.  टेक्सास इन्टरनेशनल सन् २००९ मा अनुभवी प्राज्ञिक ब्यक्तिहरुबाट सञ्चालित कलेज हो। यस नेटवर्क अन्तर्गत मन्टेश्वरी देखी कक्षा १० सम्म स्कूल लेभलको अध्ययन गराइन्छ भने स्नातक तहमा BSc(CSIT), BBA, BBS, BSW पढाइ हुन्छ भने BCA, BBM जस्ता कोर्षहरु पाइपलाइनमा छन् । त्यस्तैगरी स्नातकोत्तर तहमा MBA, MBS  को पढाइ हुन्छ । हालसम्म जम्मा १६०० जना विद्यार्थीहरु तथा १५० जना शिक्षक कर्मचारी अध्ययन अध्यापन गरिरहेका छन् ।

२. टेक्सास कलेज ख्यातिप्राप्त प्राज्ञिक समूहले सञ्चालन गरेको कलेज भएकोले विद्यार्थीहरुको चौतर्फी बिकास गर्नु यसको मुख्य उदेश्य हो ।शान्त बाताबरण, सकारात्मक सोचको बिकास, जीवन योगी शिक्षा दिनु हाम्रो लक्ष्य हो । Professional training, Industry exposure, Internship job placement सम्मको अवसर हामी हाम्रा विद्यार्थीहरुलाई दिन्छौ ।

३. BSc(CSIT) Professional Course भएकोले  Academic Course को साथ साथै  Professional Course को training पनि हामी संगसंगै दिन्छौ । विभिन्न समयमा app development camp, Software development training, Seminar, Workshop आदिले विद्यार्थीहरुको पढाइलाई ब्यबहारिक बनाउने प्रयास गरेका छौ । F1 Soft International र Microsoft company संगको सहकार्यले विद्यार्थीहरुको professional Enhancement गरेको छ ।  हाम्रोमा पढ्ने विद्यार्थीहरुले 6th semester देखि  8th semester सम्म अनिवार्य Internship गर्नु पर्दछ  । जस्ले गर्दा BSc(CSIT) pass भएपछि IT Industry मा सजिलै job पाउने विश्वास हामीले लिएका छौ । यसको साथ साथै F1 Soft International ले हाम्रा क्षमतावान विद्यार्थीहरुलाई job placement  को अवसर पनि दिन्छौ ।

४. नेपाल आइटी शिक्षामा भर्खरै मात्र अघि बढ्न खोजेको देखिन्छ । तर जति मात्रामा सरकारको लगानी आइटी शिक्षामा हुनु पर्ने हो त्यसो हुन सकेको छैन ।स्कूल तहमा अझै पनि कम्प्यूटर शिक्षालाई अनिवार्य गर्न सकेको छैन भने त्यसको पूवाधारमा पनि लगानी छैन । हाम्रा छिमेकी मुलुक भारत र चीनबाट IT क्षेत्रमा नेपालले धेरै लाम लिन सक्छ ।अवको जमाना आइटीको भएकोले आइटी क्षेत्रको पूर्वाधार निमार्ण गरि राज्यले रोजगार र आर्थिक वृद्धि गर्न सक्छ । इन्टरनेटको गति निकै सुस्त भएकोले राज्यले इन्टरनेटको गतिको वृद्धिको साथै सर्वसुलभ तरीकाले उपलब्ध गराउनु अनिवार्य भएको छ । सरकारी स्तरबाटै संस्थागत रुपमा आउटसोसिङ्ग व्यवसायलाई ब्यवस्थित गराउन सके राज्यले आर्थिक वृद्धि गर्न सक्ने अवस्था छ ।

Texas International College
आइटी पढ्ने विद्यार्थीहरुले प्रथमतः कुन कोर्ष कुन यूनिभर्सिटीको हो, कत्तिको update छ, त्यसको जानकारी लिनुपर्छ । विद्यार्थी भाइवहिनीहरु कलेज छान्दा निकै सचेत हुनु पर्छ । जस्तैः

१. कलेजको शैक्षिक वाताबरण कस्तो छ ?

२. Teaching Learning Activities समय सापेक्ष छ छैन? 

३.  Professional Course को trainingकलेजले दिन्छ कि दिदैन? 

४. IT Industry संगको Relation कस्तो छ ?
५. Internship को ब्यवस्था कलेजले गराइदिन्छ कि दिदैन ? 

६. job placement  

को अवस्था कस्तो छ ? यस्ता कुराहरुलाई बुझेर मात्र भर्ना गर्नु पर्दछ ।

शंकर प्रसाद शर्मा
प्रमुख सिएस आइटी
टेक्सास इ. कलेज