सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि

काठमाडौँ । पछिल्लो समयमा सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।नेपालमा सामाजिक सञ्जालको विकाससँगै विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए । उनले भने, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन्…

"सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि"