Oxford College लाई पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक

भरतपुर । अक्सफोर्ड कलेज अफ इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट गैंडाकोटले पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । आइतबार पत्रकार सम्मलेन गरी कलेजले २०१० देखि २०१५ सम्मको अवधिमा अक्सफोर्डका चार विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गर्न सफल भएको जानकारी दिएको थियो । २०१० मा ४ पूर्णाङ्मा ३ दशमलव ९७ अंक ल्याएका कमल पाठकले स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै २०१२ मा ३ दशमलव ७८ अंक ल्याएका रमेश उप्रती र २०१४ मा ३ दशमलव ९८ अंक ल्याएका नमिता बास्तोलाले स्वर्ण पदक प्राप्त गरेकी थिइन् भने २०१५ मा ३ दशमलव ९६ अंक ल्याएका महेश श्रेष्ठले स्वार्ण पदक प्राप्त गरे ।

college of IT college of management oxford college of management and engineering

साथै कलेजमा सञ्चालित बीबीए, बीई सीभिल तथा बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा हालसम्म ६४ जना विद्यार्थीहरु ४ पूर्णाङ्मा ३ दशमलव ७० भन्दा बढि अंक ल्याएका विद्यार्थीहरुले प्रधानमन्त्रीबाट दिइने ‘डिन लिष्ट पदवी’ प्राप्त गरिसकेको कलेजले जनाएको छ । हरेक वर्षहरुमा राम्रो नतिजा निकाल्दै आएको अक्सफोर्ड कलेजले पोखरा विश्वविद्यालयमा आफ्नो पृथक स्थान राख्न सफल भएको कलेजको दावि रहेको छ । साथै कलेजले २०७२ सालमाको व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा ९७ दशमलव ४४ प्रतिशत र विज्ञान संकाय तर्फ ९४ दशमलव ५५ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण गराउदै देशभरीमै उच्च विद्यार्थी पास गराउने कलेजभित्र समेत पर्नको बताइएको छ । यस सफलतामा विद्यार्थीको निकै महत्वपूर्ण भूमिका रहेको कलेजका प्रीन्सिपल हरि भण्डारीले बताए । विद्यार्थी सफल हुनुमा कलेजको वातावरण राम्रो रहनु पनि भएको उनको भनाइ छ ।