Ncell लाई करको दायरमा ल्याउनु पर्ने गुनासो बढी

आम जनताको गुनासो सुन्न प्रधानमन्त्री कार्यलयमा खोलिएको हेलो सरकारमा पछिल्लो समय सबैभन्दा बढी एनसेललाई कर तिराउनु पर्ने गुनासो धेरै आएको छ ।

हरेक दिन एनसेललाई करको दायरामा ल्याउनु पर्ने भन्दै गुनासो आउने गरेको हेलो सरकारले जनाएको छ । एनसेलले कर छल्नको लागी अनेकौ बहाना बनाइरहेको र यसमा सरकारको उदासीनता रहेको प्रति सर्वसाधरणहरु आक्रोसित भएका छन् ।

कर छलिमा संलग्न जुनसुकै ब्याक्ति, संस्थातथा कर्मचारीहरु सबैलाई निश्पक्ष अनुसन्धान गरी आवश्यकता अनुसार दण्डित गर्ने कार्य अघि बढाइहाल्नु पर्ने माग सर्वसाधरणको छ ।