Keep Your Smartphone From Getting Hanged

काठमाडौं । 

जीवनको  महत्वपूर्ण पक्ष हो मोबाइल । त्यही मोबाइल नै बेला बेलामा ह्याङ भइरह्यो भने एकदमै तनाव बढ्ने गर्छ, उक्त तनावबाट छुटकारा पाउने ५ उपायहरु :

  • तपाईंको मोबाइलमा कुनै एप्लीकेशन छ भने, यसले मोबाइललाई ह्याङ्ग बनाइरहेको हुन्छ । त्यसलाई एक्सटर्नल मेमोरीमा ट्रान्सफर गर्नुहोस् । यसले इन्टर्नल मेमोरी खाली हुन्छ । सकेसम्म एप्लीकेशन इन्सटर्ल गर्दा नै सिधै एक्सटर्नल मेमोरीमा गर्नुहोस् । सेटिङमा जानुहोस् र स्टोरेजमा गइ त्यहाँ एसडी कार्डको विकल्प चुन्नुहोस् । यो सुविधा दुई मेमोरी भएकालाई मात्रै हुनेछ ।
  • मोबाइलमा अनावश्यक कुराहरु छन् भने डिलिट गर्नुहोस् । मोबाइलको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुहोस् । त्यसको तल क्याच डाटाको विकल्प देखिन्छ । त्यसलाई पनि सफा गर्नुहोस् । एन्ड्रोयड फोनबाहकले यस्तो गर्नसक्नु हुनेछ ।
  • फोनको सबै डाटा गुगल ड्राइभ तथा क्लाउडमा सेभ गर्नुहोस् । यो जीन्दगिभरको लागि सुरक्षित हुनेछ । फोन खराब या डिलिट भयो भने तपाईंलाई तनाव हुँदैन । इमेलमा सेभगरेपछि उक्त डाटालाई फोनबाट हटाइदिनुहोस् किनकी फोन मेमोरी खाली राख्नु राम्रो हुन्छ ।
  • मोबाइल सेटमा गीत, भिडियो, तस्वीर र बाँकी डाटा छन् भने त्यसलाई पनि एक्सटर्नल मेमोरीमा सेभ गर्नुहोस् । यो इन्टर्नल मेमोरीमा नै छ भने एक्सटर्नल मेमोरीमा मुभ गर्नुहोस् । तपाईंले एक्सटर्नल मेमोरीलाई नै डिफल्ट मेमोरी बनाउनुभयो भने आफै जाने गर्छ तपाईंलाई पटक–पटक मेहनत गर्नुपर्दैन ।
  • यदि सबै तरिका अपनाउँदा पनि भएन भने ब्याकअप रिसेटको अप्सन पनि हुन्छ । यसले वेबसाइट, एप्स र ब्राउजरबाट आउने सबै डाटालाई हटाइदिन्छ । यसले सबै एप्स, फोन नम्बर, गीत, हटाइदिन्छ यसलाई सावधानी पूर्वक प्रयोग गर्नुहोस् । यदि तपाईं यसो गर्नुहुन्छ भने सबै चीजलाई अन्तै सुरक्षित गरेर मात्रै ब्याकअप रिसेट गर्न सक्नुहुन्छ । एसडी कार्डमा ट्रान्सफर गरेर मात्रै गर्नुहोला ।