IT Project Management Training Has Been Started

काठमाडौं । 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान महासंघ) र The Overseas Human Recourses & Industry Development Association (HIDA), Japan को सयुक्त आयोजनामा IT Project Management Training को सुरुवात भएको छ  । सूचना प्रविधि विभागका महानिर्देशक श्री बिरेन्द्र कुमार मिश्रज्यूको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा Nepal AOTS का अध्यक्ष श्री बिनोद राज भण्डारी, जापानीज विज्ञ इचिकावा कोजी र तोसीयुकी कातो को उपस्थिति रहेको थियो  ।

HIDA को सहकार्यमा क्यान महासंघले नेपालमा रहेका सफ्टवेर कम्पनीहरुको जन शक्तिको क्षमता अभिवृद्धि र सफ्टवेर कम्पनीहरुको स्तर उन्नतिको लागि यो सहकार्यको सुरुवात गरिएको हो । HIDA का विज्ञहरुलले नेपालका मुख्य कम्पनीहरुमा ३८ दिन सम्म अवलोकन गर्ने कार्यक्रम रहेको छ  । सो कार्यक्रमको मुख्य उदेश्य नेपालका सफ्टवेर कम्पनीहरुमा outsource business लाई प्रवधन गराउनु रहेको छ ।