SEO भनेको के हो? कृष्ण बोगटी

काठमाडौं ।

हामीले seo expert कृष्ण बोगटी सँग seo बारेमा केही जान्ने प्रयास गरेका छौ । उहासँग गरिएको कुराकनिको केही अंस

सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो?

SEO को पुरा Search Engine Optimization हुन्छ । तपाइले  कुनै कुरामा जानकारी लिनुपर्ने भयो अब के गर्नुहुन्छ ? तपाइ student हुनुहुन्छ, Australia को एउटा university सेलेक्ट गर्नुपर्यो भने के गर्नुहुन्छ ? तपाइले president house कसरी खोज्नुहुन्छ् ? काठमांडौमा राम्रो रेस्टुरेन्ट कँहा छ भन्ने जानकारी कसरी गर्नुहुन्छ ? अबअब यी कुरामा तपाइ खोज्दै त हिड्नुहुन्न होला नि, फेला नपरेमा तपाइ निराश हुनुहुनेछ ।

अब गर्ने के त, तपाइँलाई थाहै होला अहिलेको सबैभन्दा भरपर्दो र सजिलो माध्यम सर्च इन्जिन हो . अनि घरमै बसी गूगल गर्नुहुन्छ (best italian restaurant in thamel ) अनि गर्ल् फ्रेन्ड् लिएर डिनर या लन्च् जानुहुन्छ । अहिले earthquake footage नेपालमा धेरै गूगल या सर्च छ । अब सायद तपाईले  अनुमान पनि लगाईसक्नुभएको होला के रहेछ त सर्च इन्जिन अप्टिमाइजेसन । कुनै कुरा सजिलै पाउन हामीले सर्च ईन्जिन को हेल्प लिन्छौ । सर्च इन्जिन अप्टिमाइजेसन त्यसलाई भनिन्छ जस्ले तपाइँको वेबसाइटलाई गूगल, याहू, बिंग जस्ता नि:शुल्क सर्च इन्जिनहरुमा तपाईको उपस्थिति जनाउनका लागि सहयोग गर्ने गर्दछ । अझ भन्नु पर्दा तपाइँको ग्राहकले खोजेको जानकारी सजिलै पाउनका लागि यस्ले सहयोग गर्दछ ।

SEO को काम के हो ?

तपाइँको साईट लाइ search engine readable बनाउनु अथवा नि:शुल्क सर्च इन्जिनहरुमा तपाइँको उपस्थिति जनाउनु नै हो। जसले तपाइँको साइटलाई सर्च इन्जिनले देखाउने नतिजामा अगाडि आउन सहयोग गर्छ । र तपाइको बिज्नेस सफल हुन सहयोग गर्छ ।

सर्च इन्जिनहरुमा अगाडि कसरी आउछ ? 

धेरै मानिसहरुमा अझै पनि एउटा भ्रम छ की सर्च इन्जिन भनेको मानव हो अर्थात यसलाई एउटा व्यक्तिले नियन्त्रण गर्छ । तेस्तो सफ्टवेर हुन्छ जस्ले तपाइँको साईट रिड गर्नेगर्छ सर्च इन्जिनको आ-आफ्नै नियम हुने गर्छ, जसलाई सर्च इन्जिन अल्गोरीदम् भनिन्छ । त्यहिँ नियमको आधारमा रहेर साइटहरुको सर्च इन्जिन अप्टिमाइजेसन गर्ने गरिन्छ ।

गर्ने तरिका के हो ? 

अब टेक्निकल् हुनाले भनेर सकिन्न । २ तरिका बाट गरिन्छ onpage optimization र offpage optimization । onpage optimization मा साईट को टेक्निकल हेरिन्छ र  क्रलर वा स्पाइडर रिडेबल गर्ने गरिन्छ । offpage optimization मा मार्केटिङ्ग को काम गरिन्छ ।

SEO को महत्व के हो ?

सर्च इन्जिनमा माथी पुराउनु भन्नु नै तपाइँको बिज्नेस बड्नु हो । तेसैले seo लाइ digital business marketing system भन्ने गरिन्छ ।

समग्रमा सर्च इन्जिन अप्टिमाइजेसन एउटा अनन्त चलिरहने प्रोसेस हो । एक पटक गर्दैमा पुरा हुदैन । जब सम्म साइट चलिरहन्छ तबसम्म यसको प्रोसेसहरु फलो गरिरहनु पर्छ ।