डाटा र नेटवर्क सेक्युटिरीका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै वक्ताहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै यसका आम उपभोक्तामा सचेतना बढाउनुपर्नेमा जोड दिएका हुन् । कम्प्युटर एशोसिएन महासंघ (क्यान) का पूर्वअध्यक्ष एवं नेपाल सर्टिफाइङ कम्पनीका प्रमुख विप्लवमान सिंहले सूचना प्रविधिसम्बन्धी नीतिमा सुरक्षाका विषयलाई बेवास्ता गरिएको र भएका व्यवस्थाको पनि सही कार्यान्वयन नभएको बताए । सन् २००० मा…

"डाटा र नेटवर्क सेक्युटिरीका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड"

भदौं १ मा आइसिटी अवार्ड २०१७ हुदै

काठमाडौं । आइसिटेक मिडिया प्रालिको आयोजनामा भदौं १ मा हुन लागेको दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ मा पाँचमध्ये दुई विधामा शीर्ष १० को घोषणा भएको छ । ८ सदस्यीय निर्णायकको समूहले विभिन्न छनोट प्रक्रियाअन्तर्गत शीर्ष १० को टुंगो लगाएको हो । यसअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ प्रडक्ट अवार्डका शीर्ष १० को छनोट गरिएको छ । बेस्ट आइसिटी स्टार्टअप अवार्डअन्तर्गत शीर्ष १० मा पर्न सफल स्टार्टअप कम्पनीमा बसोबास नेपाल, बीटेक सोलुसन्स प्रालि, क्याचीरोड…

"भदौं १ मा आइसिटी अवार्ड २०१७ हुदै"

टेलिकमको डाटा प्याक अनलाइनबाटै किन्न सकिने

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याक अब अनलाइनको माध्यमबाट किन्न सकिने भएको छ। टेलिकमको वेबसाइटबाटै चाहेको डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यसका लागि (offer.ntc.net.np) मा लगअन गर्नुपर्छ। त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सिडिएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिन्छ भने प्याकेजको मूल्य र समयावधि त्यहीँ देख्न पाइन्छ। त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र अंग्रेजी अक्षर पीयूके (PUK) नम्बर राख्नु पर्छ। पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न…

"टेलिकमको डाटा प्याक अनलाइनबाटै किन्न सकिने"

नेपाल टेलिकमले ल्यान्डलाइन फोनमा लाग्ने विभिन्न शुल्क हटाएको छ,

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरुमा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको टेलिकमले जानकारी दिएको छ। कम्पनीका अनुसार ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ । त्यस्तै आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै…

"नेपाल टेलिकमले ल्यान्डलाइन फोनमा लाग्ने विभिन्न शुल्क हटाएको छ,"

टेलिकमको सहयोगमा भूकम्प प्रभावित जिल्लाका विद्यालयमा आईसीटी सेन्टर स्थापना

भूकम्पबाट प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमले सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर० को  स्थापना गरेको छ। विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा घण् न्द्य डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ। नेपाल टेलिकमले सगरमाथा मा.वि. ओखलढुङ्गा, शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना…

"टेलिकमको सहयोगमा भूकम्प प्रभावित जिल्लाका विद्यालयमा आईसीटी सेन्टर स्थापना"

टेलिकमको मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको सुरुवात

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको सुरु गरिएको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले मोबाइल एपमार्फत स्ट्रिमिङ सेवाको शुभारम्भ गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे। उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने…

"टेलिकमको मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको सुरुवात"

शरीरमा ग्लुकोजको मात्रा पत्ता लगाउने ओटो फोन नेपालमा

नेपाली मोबाईल बजारमा, मोबाईल फोनहरुमा हुने उत्कृष्ट श्रेणीको बिशेषताहरु ओटो फोन आएको छ । ओटो रियोमा रहेको विशेषताहरुले गर्दा  यस फोनलाई नेपाली उपभोक्ताहरुले अत्याधिक मन पराएका छन् । शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन फोनमा रहेको ग्लुको मिटरले मद्दत गर्दछ। ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो नयाँ प्रकारको फोन हो । यसमा रहेको जस्तो थप विशेषताहरु अन्य मोबाईलहरुमा पाउन सकिँदैन । बायोल्यान्ड टेक्नोलोजिद्वारा सहनिर्माण गरिएको र यसमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा…

"शरीरमा ग्लुकोजको मात्रा पत्ता लगाउने ओटो फोन नेपालमा"

वर्ल्डलिंकले नेपालमै पहिलोपटक द्रुत गतिको अप्टिकल नेटवर्क राख्दै

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेटवर्क ब्याकबोनको क्षमता बढाउने भएको छ। हाल प्रायोग भइरहेको भन्दा नोकिया आइपी तथा कम्युनिकेसनले उपलब्ध गराउने नयाँ नेटवर्क गुणस्तरीय हुने कम्पनीले जानकारी दिएको छ। यससम्बन्धि नोकियासँग सम्झौता भई काम अगाडि बढीसकेको जानकारी दिइएको छ। सो सम्झौताको प्रेस विज्ञप्ति जारी गर्दै यो नयाँ प्रविधिको अप्टिकल विस्तार भएपछि वर्ल्डलिङ्कको नेटवर्कमा एचडी, फोरके भिडियो तथा इन्टरनेट टिभीजस्ता सेवा सहजै दिनसक्ने नोकियाले बताएको छ। विदेशबाट ब्यान्डवीथ ल्याउँदा हालसम्म ‘१०…

"वर्ल्डलिंकले नेपालमै पहिलोपटक द्रुत गतिको अप्टिकल नेटवर्क राख्दै"

फेसबुकले कर्मचारीको लागि घर बनाइदिने अफर

समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर निर्माण गरिदिने योजना लागू गर्ने भएको हो। १५ सय संख्यामा निर्माण हुने घरहरु फेसबुक हेडक्वाटर नजिकै हुने फेसबुकले जनाएको छ। अमेरिकाको सान फ्र्यान्सिस्कोमा फेसबुक, अल्फाबेट इंक, गुगल र अन्य टेक्नोलोजी कम्पनीहरुका कारण आवासको कमी भएको बताइएको छ। जसका कारण फेसबुकका कर्मचारीहरुलाई कस्ट व्यवहोर्नुपरेको र त्यहाँबाट अन्यत्र जान समय पनि धेरै लाग्ने भएकाले हेडक्वाटर नजिकै घर बनाइदिने फेसबुकले जनाएको छ।…

"फेसबुकले कर्मचारीको लागि घर बनाइदिने अफर"

प्रदेश नम्बर २ मा इन्टरनेट निशुल्क

प्रदेश नम्बर २ का आठ जिल्लामा सरकारले तीब्रगतिको इन्टरनेट सेवाको लागि पूर्वाधार निर्माण गर्ने भएको छ। दूरसंचार प्राधिकरणले उक्त प्रदेशका आठ जिल्लालाई दुई प्याकेजमा विभाजन गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न लागेको जनाएको छ। प्राधिकरणले सप्तरी, मोहत्तरी, धनुषा र सिराह एउटा प्याकेज त्यस्तै सर्लाही,बारा,पर्सा र रौतहट अर्को प्याकेजमा गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न बोलपत्र आब्हान गरेको छ। इन्टरनेट सेवाप्रदायकहरुले पूर्वाधार बनाइसकेपछि सो क्षेत्रमा दुईवर्षसम्म इन्टरनेट निशुल्क हुने प्राधिकरणले बताइएको छ।

"प्रदेश नम्बर २ मा इन्टरनेट निशुल्क"