पोखरामा ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम गर्ने

सूचना र प्रविधिको प्रयोगसँगै यस सम्वन्धी चुनौती पनि त्यति नै रुपमा थपिएका छन् । हामी सूचना प्रविधको व्यापक उपयोगको कुरा गर्छाैं, स्मार्ट सिटी जस्ता प्रोजेक्टको परिकल्पना गर्छौं । तर, सूचना प्रविधिका कारणले निम्ताउन सक्ने चुनौतिका बारेमा भने सोच्ने गरेका छैनौं । प्रविधिको विकाससँगै दिनानुदिन साइबर अपराधका घटनाहरु बढिरहेका छन् । यस्ता घटनाहरुलाई न्युनीकरण गर्नतर्फ खासै चासो दिएको पाइँदैन । पोखरामा आइटीसम्बन्धी प्रशस्त कलेजहरु खुलेपनि व्यावसायिक रुपमा आइटी क्षेत्रले फड्को मार्न सकेको छैन । पोखरालाई स्मार्ट…

"पोखरामा ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम गर्ने"

एन्पिनोग(npNOG)ले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने

इन्टरनेट  सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी…

"एन्पिनोग(npNOG)ले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने"

बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न

सहयोगी हृदय नेपालको आयोजनामा बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न सहयोगी हृदय नेपालको आयोजनामा १ दिने समुदाय तथा बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लागू औषध दुव्र्यसनी बिरुद्ध, टाफिक नियम पालन र साइवर अपराध एवं सुरक्षबारे को जानकारी सम्बन्धित विज्ञहरुले कार्यक्रममार्फत बिद्यार्थीहरुलाई दिएका थिए ।  जनचेतनामुलक कार्यक्रममा आधा दर्जन बिद्यालयका ५०० भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए । जनचेतनामूलक कार्यक्रममा बोल्दै डिआइजी सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउने व्यवस्था ल्याएको बताए…

"बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न"

सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न

बेल्जियमको लुभेन शहरमा बस्दै आउनु भएका समाजसेवी रामशरण महत्तोको प्रयास र प्रायोजनमा बछेउली माबी, सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न. डा. रामहरि सुबेदी, वाशिङ्टन डिसी, नोभेम्बर १३, २०१७ – – बछेउली घर भई हाल बेल्जियमको लुभेन शहरमा बस्दै आउनु भएका समाजसेवी क्याट बेल्जियमका सदस्य रामशरण महत्तोको प्रयास र प्रायोजनमा बछेउली माबी बछेउली सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भयो । कार्यक्रमलाई बेल्जियम देखि बछेउली माबी…

"सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न"

ईन्भेष्टमेन्ट बैंकका ATM Card हरुको DATA चोरी गर्ने बुल्गेरियन पक्राउ

अपरिचित पुरुष व्यक्तिले ठमेल लगायतका विभिन्न स्थानमा रहेका बैंकका ATM बाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरि रहेको तथा नेपाल ईन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारी स्थित ATM मेसिनमा स्किमर मेसिन जडान गरेको भनी हुलिया सहितको सूचना प्राप्त भए पश्चात केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको टोलिले काठमाडौंका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटी लगायतका स्थानहरुमा जडान गरिएका ATM हरुमा गोप्य निगरानी गर्दै जाँदा नेपाली बैंकका ATM Card हरुको DATA चोरी गरी विदेश लैजाने तथा ATM बाट अनाधिकृत रुपमा…

"ईन्भेष्टमेन्ट बैंकका ATM Card हरुको DATA चोरी गर्ने बुल्गेरियन पक्राउ"

साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने, विज्ञ

काठमाडौं: नेपालका बैंक तथा बीत्तीय संस्थाहरुमा साइबर आक्रमणबारे सूचना प्रविधि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक)ले बिहीबार विज्ञप्ति निकालेर नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको छ । यस्तो प्रकारको आक्रमण हुनु कुनै नौलो विषय नभएपनि आगामी दिनहरुमा अझ बढी हुनसक्ने…

"साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने, विज्ञ"

नेपाली समुदायलाई साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण

अक्टोबर ६, ७ व्हिसकन्सिन, अमेरिका – एनआरएन व्हिसकन्सिन च्यापटरका अध्यक्ष बुद्दी सुबेदीको प्रयासमा मिलवक्की र व्हिसकन्सिनमा बस्ने नेपाली समुदायको बृहत हितको लागि साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रयोगात्मक प्रशिक्षणको आयोजना गरियो। करिब ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली परिवारका सदस्यहरुको सहभागिता रहेको थियो। साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक साईबर बिज्ञ प्रोफेसर डा रामहरि सुबेदीद्वार सहभागिहरुलाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागि जनाउनको लागि आयोवा राज्य देखि सफल ब्याबसायी कम्युटर…

"नेपाली समुदायलाई साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण"

२०७४ को दशैं शुभकामना कार्यक्रम, “साइवर जनचेतना ” हुने

 भरतराज उप्रेती (Senior ICT Journalist) बडा दशै २०७४ को अवसर पारेरर साइवर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले इन्फोसेक नेपालद्धारा आइसिटी क्षेत्रका व्यक्तित्वहरु र बिद्यार्थीहरु माझ साइवर दशै शुभकामना कार्यक्रम तय गरेको छ । शुभकामना आदान प्रदान गर्ने फरक शैली अन्तर्गत आइसिटी क्षेत्रका साइवर सेक्युरिटी विज्ञहरुले साइवर जनचेतनाको खोजमुलक र तथ्यपरक जानकारीहरु कार्यक्रमार्फत शेयर गर्नेछन् । कार्यक्रममा साइवर सुरक्षा विज्ञ डाक्टर प्रमोद प्रमोद पराजुली, कुमार पुडासैनी लगायतका व्यक्तिहरुले साइवर चुनौतीको वर्तमान अवस्थाबारे प्रष्ट पार्दै साइवर सुरक्षाका लागि…

"२०७४ को दशैं शुभकामना कार्यक्रम, “साइवर जनचेतना ” हुने"

नुवाकोट कामरुदेबी उच्चमाबीमा साईबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न

अमेरिकाको म्यारिल्याण्ड निवासी ब्याबसायी मुकुन्द दाहालको (Mukunda R. Dahal) प्रयास र प्रायोजकमा नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबी साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न बिष्णु प्रिया रिजाल, नुवाकोट, सेप्टेम्बर १८, २०१७ – नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका साथ सम्पन्न भयो । हाल अमेरिकाको म्यारिल्याण्डमा बसोबास गर्दै आउनु भएका ब्याबसायी, समाजसेवी मुकुन्द दाहालको प्रयास र प्रायोजकमा आँफुले अध्ययन गरेको स्कुल नुवाकोट दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीका करिब…

"नुवाकोट कामरुदेबी उच्चमाबीमा साईबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न"

एटिएम फ्रड के हो र कसरी हुन्छ ? विक्रम श्रेष्ठ

काठमाडौं । नेपालमा पछिल्लो समय एटिएम फ्रडका घटना बढ्दै गएको सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालको आयोजनामा यसको रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित स्वस्तिक कलेजमा आयोजित कार्यक्रममा प्रमु्ख वक्ताको रुपमा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष एवं सानिमा बैंकका ई-बैकिङ एवं आइएसओ हेड विक्रम श्रेष्ठले एटिएम फ्रडका विभिन्न आयामहरुको बारेमा जानकारी गराए । श्रेष्ठले एटिएम फ्रड कसरी हुन्छ र एटिएम सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारीहरु प्रदान गरेका थिए । यसका…

"एटिएम फ्रड के हो र कसरी हुन्छ ? विक्रम श्रेष्ठ"