माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा

माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो। यही कुरालाई साकार पार्दै स्काइप ग्रुप भिडियो कल फिचर आएको छ। स्काइप ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको छ। सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका छन्। अब आउने सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ। माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ। स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ र जो…

"माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा"

चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर र भिडियो

क्लाइमेट अवजर्भेटोरी डिस्कोभरबाट नाशाले पृथ्वीको उपग्रह चन्द्रमाको निकै अध्याँरो तस्बिर खिचेको छ । जहाँ पृथ्वी भने निलो अनि उज्यालो देखिन्छ ।अर्थ पोलिक्रोम्याटिक इमेजिङ क्यामेरा’ ईपिकले पृथ्वी र चन्द्रमामा सुर्यको प्रकाश पर्दाका बखत करिब १५ लाख किलोमिटर टाढाबाट यो तस्बिर लिइएको थियो । डिस्कोभर स्याटेलाइटले पृथ्वी र सुर्यको बिचमा आइपुग्दा यस्तो दृश्य खिच्न सफल भएको हो। डिस्कोभर प्रोजेक्टका एक वैज्ञानिक अडम सज्बो भन्छन्, ‘यो निकै आश्चर्यजनक कुरा हो कि पृथ्वी चन्द्रमा भन्दा यति चहकिलो छ ।’…

"चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर र भिडियो"

बिल गेट्सले महिलाहरुका लागि पातलो कण्डम बनाउने

छाला सँगै मिल्दोजुल्दो पदार्थबाट तयार गरिने कण्डम तथा अन्य गर्भनिरोधक साधनहरुले आगामी वर्षहरुमा ठूलै तहल्का मच्चाउने अनुमान गरिएको छ । यस्तो प्रकारको कण्डम तथा गर्भनिरोधक साधन परिवार नियोजनमा महिलाहरुको भूमिका सुनिश्चित गर्नमा निकै सहयोगी सावित हुने विश्वास गरिएको छ ।  माइक्रोसफ्टका संस्थापक तथा पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा समेत आफ्नो फाउण्डेसनमार्फत आर्थिक दान गरिरहेका विश्वका नम्बर एक अर्वपति विल गेट्सका अनुसार उनको फाउण्डेसनले यस्तो विशेष गर्भनिरोधक उत्पादनमा काम गरिरहेको छ । बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनले…

"बिल गेट्सले महिलाहरुका लागि पातलो कण्डम बनाउने"

बाँकेका १२ गाविसलाई कम्प्युटर र प्रिन्टर

नेपालगन्ज,  सुशासनको माध्यमबाट स्थानीय निकायमा जनताको सहभागिता बढाउने उदेश्यले बाँकेमा सञ्चालन गरिएको साझेदारी विकास परियोजनाले बाँकेका १२ वटा गाविसलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । गाउँ विकास समितिका कामलाई चुस्तदुरुस्त पार्नुका साथै अभिलेखीकरण र कार्य सहजता लागि जिल्लाका १२ वटा गाउँ विकास समितिलाई कम्प्युटर, प्रिन्टर, यूपीएस र स्टेबलाइजर प्रदान गरिएको साझेदारी विकास परियोजनाले जनाएको छ । जिल्लाका १२ वटा गाउँ विकास समितिका सचिवलाई साझेदारी विकास परियोजनाका प्रमुख निक ल्याङटन र जिल्ला विकास समिति बाँकेका…

"बाँकेका १२ गाविसलाई कम्प्युटर र प्रिन्टर"

प्राकृतिक प्रकोपको सन्देश मोबाइलबाट

काठमाडौं, ९ असोज – प्राकृतिक प्रकोपबाट हुने घटनाको असर न्यूनीकरण गर्ने उद्देश्यले प्राकृतिक विपदका समाचार मोबाइलबाट नै दिने व्यवस्थालाई प्रभावकारी बनाइने भएको छ । जल तथा मौसम विज्ञान विभागले बढी वर्षा भएको बेलामा हुन सक्ने बाढी पहिरोजस्ता दैवी प्रकोपबाट बचाउन सर्वसाधारणलाई मोबाइलबाट सन्देश प्रवाह गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन लागेको हो । विभागले अनावृष्टि र अतिवृष्टिबारे यसअघि पनि सूचना प्रवाह हुने व्यवस्था गरे पनि प्रभावकारी भएको थिएन । यसअघि विभागले कोसी नदीको जोखिमबाट बच्न सर्वसाधारणलाई सन्देश…

"प्राकृतिक प्रकोपको सन्देश मोबाइलबाट"

टेलिकमको चाडपर्व अफर

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैं-तिहारमा ग्राहकहरुका लागि आकर्षक छुटको घोषणा गरेको छ । टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा थ्रिजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराउने भएको छ । छुट दशैंमा असोज १३ गतेदेखि २१ गतेसम्म र तिहारमा कार्तिक ४ गतेदेखि १३ गतेसम्म उपलब्ध गराउने टेलिकमले जनाएको छ । टेलिकमले यस अवधिमा जीएसएम र सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने…

"टेलिकमको चाडपर्व अफर"

फेसबुकका पूर्व कर्मचारीले खोले नयाँ सोसल साइट, जहाँ पुरुषलाई बन्देज छ

विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकका एक पूर्व कर्मचारीले नयाँ सोसल नेटवर्क साइट बनाएका छन् । विश्वमा असंख्य सोसल साइट खुलिसकेको अवस्थामा एक नयाँ साइट थपिनु कुनै आश्चर्यको कुरा नहुनुपर्ने हो । तर सुजेन जोनसनले लञ्च गरेको सोसल साइट Women.com ले जबरजस्त चर्चा पाएको छ । यसको मुख्य कारण यो पुरुषहरुका लागि बर्जित छ । प्रश्नोत्तरमा आधारित यो सोसल साइट केवल महिलाहरुले मात्र चलाउन पाउँछन् । जोनसनका अनुसार यो नेटवर्कले महिलाहरुलाई एक अर्कामा जोड्न सहयोग…

"फेसबुकका पूर्व कर्मचारीले खोले नयाँ सोसल साइट, जहाँ पुरुषलाई बन्देज छ"

मोबाइलमा डाक्टर, मोबाइलमै अस्पताल

परिवारको कोही सदस्य बिरामी पर्‍या छ भने घरका सबै सदस्य तथा आफन्तलाई तनाव हुन्छ। अझ आकस्मिक अवस्थाको बिरामी छ र नजिक कुनै अस्पताल छ/छैन भन्ने जानकारी छैन भने त झनै तनाव हुन्छ। त्यस्तो समयमा अस्पतालका बारेमा सोधखोज गर्दागर्दै बिरामीको ज्यान तलमाथि हुन सक्छ। तर, अब चिन्ता गर्नु पर्दैन। किनकि, तपार्इंले एक क्लिकको भरमा आफ्ना क्षेत्र आसपासका अस्पताल तथा चिकित्सक र एम्बुलेन्सको जानकारी पाउन सक्नु हुनेछ। यो एप्स डाउनलोड गरेपछि देशभरमा रहेका एम्बुलेन्सको बारेमा पनि जानकारी…

"मोबाइलमा डाक्टर, मोबाइलमै अस्पताल"