बीटीएस टावरलाई गुगल म्यापसँग जोडिँदै

सरस्वती ढकाल काठमाडौं, ११ जेठ- नेपाल दूरसञ्चार प्राधिकरणले बेस स्टेसन टावर (बीटीएस)हरूलाई गुगल म्यापसँग जोड्दै दूरसञ्चार सेवाको अनुगमन सहज बनाउने भएको छ । उसले सबै सेवाप्रदायकका टावरहरू भौगोलिक सूचना सिस्टम (जीआईएस)मा रुपान्तरण गरी एउटै सर्भरबाट देशभर अनुगमन गर्नेछ । मोबाइल/टेलिफोन सेवाको गुणस्तर अभिवृद्धि तथा प्राकृतिक विपत्तिमा अत्यावश्यक सूचनालाई निरन्तर राख्ने लक्ष्यबमोजिम यो कार्यक्रम अगाडि सारिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालू आर्थिक वर्षभित्र परामर्शदाता छनोट गरी अर्को वर्षभित्र सम्पूर्ण बीटीएसलाई जीआईएसमा लैजाने तयारी गरेको छ ।…

"बीटीएस टावरलाई गुगल म्यापसँग जोडिँदै"