Bhandari, New President of Kathmandu Jaycees

काठमाडौँ जेसिस शाखाको बर्ष २०१७ को नया कार्यसमितिले पूर्णता पायो

kathmandu-jaycees-board-2017

काठमाडौँ । काठमाडौँ जेसिस शाखाको  बर्ष २०१७ को नया कार्यसमितिले   पूर्णता पाएको छ । शनिबार भएको चुनावमा काठमाडौँ जेसिसको विधान बमोजिम तीनवटा कार्यकारिणी उपाध्यक्षहरुलाई निर्वाचित गरेपछि नया कार्यसमितिले   पूर्णता पाएको हो । यस अघि  सम्पन्न काठमाडौँ जेसिसको ४६औ बार्षिक साधारण सभाले  जेसी दिपक भण्डारी लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको थियो।४६औ बार्षिक साधारण सभा सम्मेलनमा कार्यकारिणी उपाध्यक्षको  चुनाव हुन नसकेपछि चुनाव पछि सारिएको थियो ।

 काठमाडौँ जेसिसको २०१७ को नयाँ कार्यसमिति :

१. अध्यक्ष :                             जेसी दिपक भण्डारी 

२. तत्कालिन पूर्व अध्यक्ष :     जेसी सुमन महर्जन 

३.  कार्यकारिणी उपाध्यक्ष :     जेसी ईनु थापा 

४. कार्यकारिणी उपाध्यक्ष :      जेसी प्रसाद गुरुङ 

५. कार्यकारिणी उपाध्यक्ष :      जेसी सगर श्रेष्ठ

६. महासचिव :                        जेसी मुकुन्द दाहाल

७. कोषाध्यक्ष :                        जेसी भुवन कुमार श्रेष्ठ 

८.  सह सचिव :                        जेसी कैलाश श्रेष्ठ 

९. सह कोषाध्यक्ष :                   जेसी अनुप सुनुवार 

१०. उपाध्यक्ष :                          जेसी आभाश कोइराला

११. उपाध्यक्ष :                          जेसी बिबश कर्माचार्य 

१२. उपाध्यक्ष :                          जेसी नबिन आचार्य 

१३. उपाध्यक्ष :                          जेसी प्रनिल थापा 

१४. उपाध्यक्ष :                          जेसी रफी भण्डारी

१५. उपाध्यक्ष :                          जेसी राजन लाल महर्जन 

अध्यक्षले नियुक्ति गर्ने  कानुनी सल्लाहकार को एउटा महत्वपूर्ण पदमा भने  नियुक्ति हुन अझै बाकी रहेको  छ । १८ देखि ४० वर्ष उमेरसमुहको युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासका लागि काम गर्ने जेसिस अन्तरास्ट्रिय युवाहरुको साझा संगठन हो । नेपाल लगायत बिश्व भरि यसको संजाल रहेको छ । काठमाडौँ जेसिस नेपाल जेसिसको आग्रहणी संस्था समेत हो । काठमाडौँ जेसिसले युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासका लागि विभिन्न तालिम , कार्यक्रम लगायत मिस नेपाल , मिस टिन नेपाल , लिट्टल लेडी ट्यालेन्ट शो , र मास्टर नेपाल आयोजना गर्दै आईरहेको छ । By aasthanews