Beginners Course To Learn WordPress In 1 Day

काठमाडौं । 

कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि एसोसियसन अफ नेपाल (सी.एस. आई. टि. ए. एन. ) ले भर्खरै कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि बिषय लिएर अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गरेर एक दिने “वर्डप्रेस वर्कसप ” आयोजना गर्ने भएको छ । नेपाल रसिया आइसीटी सोसाइटीसंगको सहकार्यमा उक्त वर्कशप हुन लागेको आयोजकले बताएको छ ।

वर्डप्रेसमा वेबसाइट बनाउन सिकाउने उदेश्यले आयोजित यो कार्यक्रम २०७२ माघ १३ गते रुसी संस्कृतिक केन्द्र , कमलपोखरीमा हुनेछ । आयोजकका अनुसार कार्यक्रम सी.एस. आई. टि. ए. एन. साधारण सदस्यका लागि प्रबेस शुल्क निशुल्क र अन्यका लागि रु एक सय रहेको छ । कार्यक्रममा वर्डप्रेसका बिज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रमको बिस्तृत जानकारी पाउन यो लिंक क्लिक गर्नुहोस.

For more information: https://www.facebook.com/events/151587985216299/