कमटेकमा उत्साहजनक सहभागिता ४५ हजार ५११ जना को अवलोकनकर्ता

 बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को आज दोश्रो दिन अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कमटेक मेलाको आज ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेका छन् । मेलाको अहिलेसम्म ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । अवलोकनकर्ताहरुको उत्साह र प्रतिक्रियाले हामीलाई थप हौसला र प्रेरणा मिलेको छ । अवलोकनकर्ताहरुको प्रतिक्रियालाई हामी आत्मसाथ…

"कमटेकमा उत्साहजनक सहभागिता ४५ हजार ५११ जना को अवलोकनकर्ता"

क्यान कमटेक २०१६ को पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता

‘सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ को शूभारम्भ पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता राजधानीको भृकुटीमण्डपमा “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को भब्य शूभारम्भ गरिएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा सुरु भएको प्रदर्शनीको माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ज्यूले समुद्धघाटन गर्नुभयो । कार्यक्रमको समुद्धघाटन गर्नुहुँदै मन्त्री कार्कीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेल्दै आएको भूमिकाको प्रशंसा…

"क्यान कमटेक २०१६ को पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता"

किन ओझेलमा पर्यो मुनि शाक्यको विज्ञान र प्रविधि आविष्कार केन्द्र ?

एकादेशको कथा जस्तै छ नेपालमा कम्प्युटर बन्छ भन्ने कुरा – यसकारण ओझेलमा पर्यो मुनि शाक्यको विज्ञान र प्रविधिको आविष्कार नेपालमा भरतराज उप्रेती सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर विश्वलाई नै चकित पारिदिएका थिए । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहाँकै गुनासो छ ।…

"किन ओझेलमा पर्यो मुनि शाक्यको विज्ञान र प्रविधि आविष्कार केन्द्र ?"

Mobile Expo 2073 to start from 24th of Bhadra

ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल सोरुम रहेको कम्प्लेक्स तथा मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा कम्प्लेक्सले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । पत्रकार सम्मेलनमा कम्प्लेक्सका पदाधिकारीहरुका साथै मलका…

"Mobile Expo 2073 to start from 24th of Bhadra"

WorldLink Bill Payment through eSewa-Nepal

वल्डलिंक कम्युनिकेशनको अनलाईन शुल्क भुक्तानी अझै सहज भएको छ । इसेवामार्फत् इन्टरनेटको शुल्क मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न  सकिने सेवा दिँदै आएको वल्डलिंकले आफ्ना ग्राहकलाई अनलाईन रकम भुक्तानीमा अझ सहज बनाएको हो । यसअघि इसेवामा लगअन गरिसकेपछि रकम भुक्तानी गर्न पुःन वल्डलिंंकको वेभसाइटमा लगअन गरेर रकम भुक्तानी गर्नुपर्ने थियो । तर अब देखि इसेवाको वेभपेजबाटै सिधै रकम भुक्तानी गर्न सकिन्छ । इसेवाकै वेभपेजमा ग्राहकले आफुले वल्डलिंकको तिर्नुपर्ने बाँकी रकम हेर्न सक्नेछन् र त्यहाँबाट सिधै भुक्तानी…

"WorldLink Bill Payment through eSewa-Nepal"

काठमाडौंमा नेस्कोआईटी २०१६ सम्मेलन सम्पन्न

सूचना प्रविधिका विद्यार्थीहरुले अन्र्तराष्ट्रियस्तरको सम्मेलनमा आफैं कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका छन् । सूचना प्रविधि सम्बद्ध विभिन्न संस्थाको आयोजनामा शनिबार काठमाडौंमा भएको सूचना प्रविधि सम्बन्धी तेस्रो अन्र्तराष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका हुन् । सम्मेलनमा ४० वटा कार्यपत्र प्रस्तुत गरिएकामा अधिकांश कार्यपत्र विद्यार्थीले प्रस्तुत गरेका थिए । सूचना प्रविधिको क्षेत्रका विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्ने प्रयासस्वरुप विद्यार्थीहरुलाई उनीहरुले आर्जन गरेको ज्ञानमा आधारित भएर कार्यपत्र प्रस्तुत गर्ने मौका दिइएको आयोजकले जनाएका छन् । सम्मेलनमा…

"काठमाडौंमा नेस्कोआईटी २०१६ सम्मेलन सम्पन्न"

असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक

फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यान मकवानपुर शाखाका अध्यक्ष सन्तोष पाण्डेले सूचना प्रविधिको क्षेत्रमा आएको आयमको  बारेमा जानकारी प्रदान गर्दै सूचनाको आधुनिकिकरणको विषयमा आम नागरिकलाई साक्षतकार गराउनको लागि मेलाको आयोजन गर्न लागेको बताए । १ सय ६५ वटा…

"असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक"

अब त्रिपुरेश्वरको टेलिकमको सेवा सुन्धाराबाट

त्रिपुरेश्वरमा रहेको नेपाल टेलिकमको मोबाइल ग्राहक सेवा केन्द्र सुन्धारामा सरेको छ।टेलिकमले त्रिपुरेश्वरबाट प्रदान गर्दै आएको  सम्पुर्ण काम अब सुन्धारा कार्यालयबाट प्रदान गर्ने जानकारी दिएको छ। भदौ १ गतेदेखि जिएसएम मोबाइल सम्बन्धित सबै कामका लागि सुन्धारा कार्यालमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।

"अब त्रिपुरेश्वरको टेलिकमको सेवा सुन्धाराबाट"

महावीरको अभियानमा इनोभेटिभ युथ मुभमेन्टको आर्थिक सहयोग

काठमाणडौ, महावीर पुनद्वारा घोषणा गरिएको राष्ट्रिय आविस्कार केन्द्र निर्माण अभियानमा सहयोग गर्न गठित इनोभेटिभ युथ मुभमेन्टद्वारा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा युवाहरुले अभियन्ता पुनलाई सहयोग रकमसमेत हस्तान्तरण गरेका छन् ।कार्यक्रममा बोल्दै अभियन्ता पुनले आविष्कार केन्द्रको निर्माण राष्ट्रिय विकासका लागि कोशेढुङ्गा सावित हुने बताए । विगतमा राज्यसँग आविष्कार केन्द्र निमार्णका लागि पटक-पटक अनुरोध गरिएता पनि कुनै सुनुवाइ नभएकाले आफु जनताका वीच आएको पनि बताए ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो…

"महावीरको अभियानमा इनोभेटिभ युथ मुभमेन्टको आर्थिक सहयोग"

अघि बढ्यो ‘लुम्बिनी स्मार्ट सिटी’को योजना, lumbinitimes

लुम्बिनी । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत नयां शहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्सदाता छनोटका लागि सूचना जारी गरेको छ । छनोट हुने परामर्शदाता कम्पनीले संसारका महत्वपूर्ण स्मार्ट सिटीहरुको गुरुयोजना बनाएका विज्ञहरुको सहयोगमा काम गर्नुपर्ने प्रावधान छ । परामर्शदाता कम्पनीले लुम्बिनी,निजगढ र पालुङ्टारमा बन्ने स्मार्ट सिटीको मापदण्ड बनाउने,आधाररेखा बनाउने,गुरुयोजना तयार पार्नेे,२० वर्षे रणनीति…

"अघि बढ्यो ‘लुम्बिनी स्मार्ट सिटी’को योजना, lumbinitimes"