फेसबुकले कर्मचारीको लागि घर बनाइदिने अफर

समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर निर्माण गरिदिने योजना लागू गर्ने भएको हो। १५ सय संख्यामा निर्माण हुने घरहरु फेसबुक हेडक्वाटर नजिकै हुने फेसबुकले जनाएको छ। अमेरिकाको सान फ्र्यान्सिस्कोमा फेसबुक, अल्फाबेट इंक, गुगल र अन्य टेक्नोलोजी कम्पनीहरुका कारण आवासको कमी भएको बताइएको छ। जसका कारण फेसबुकका कर्मचारीहरुलाई कस्ट व्यवहोर्नुपरेको र त्यहाँबाट अन्यत्र जान समय पनि धेरै लाग्ने भएकाले हेडक्वाटर नजिकै घर बनाइदिने फेसबुकले जनाएको छ।…

"फेसबुकले कर्मचारीको लागि घर बनाइदिने अफर"

प्रदेश नम्बर २ मा इन्टरनेट निशुल्क

प्रदेश नम्बर २ का आठ जिल्लामा सरकारले तीब्रगतिको इन्टरनेट सेवाको लागि पूर्वाधार निर्माण गर्ने भएको छ। दूरसंचार प्राधिकरणले उक्त प्रदेशका आठ जिल्लालाई दुई प्याकेजमा विभाजन गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न लागेको जनाएको छ। प्राधिकरणले सप्तरी, मोहत्तरी, धनुषा र सिराह एउटा प्याकेज त्यस्तै सर्लाही,बारा,पर्सा र रौतहट अर्को प्याकेजमा गरी ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न बोलपत्र आब्हान गरेको छ। इन्टरनेट सेवाप्रदायकहरुले पूर्वाधार बनाइसकेपछि सो क्षेत्रमा दुईवर्षसम्म इन्टरनेट निशुल्क हुने प्राधिकरणले बताइएको छ।

"प्रदेश नम्बर २ मा इन्टरनेट निशुल्क"

आइ.सि.टि क्लब सुर्खेत ले गर्यो शिक्षकहरुलाई सम्मान

 गुरुपुर्निमा विशेष गरी बिध्यालय स्तरका बिध्यार्थिले मात्र मनाउने परम्परालाइ  तोड्दै आइ.सि.टि क्लब सुर्खेत ले  सुर्खेत क्याम्पस (शिक्षा ) मा  गुरुपुर्निमाको अबसर पारी क्याम्पस मै पहिलो पटक  ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ ।। कार्यक्रममा बिग्यान र प्रबिधी बिभाग प्रमुख युबत वलिले यस्ता कार्यक्रमले शिक्षक र बिध्यार्थिको सम्बन्ध प्रगाढ बनाउन मह्त्वपुर्न भुमिका खेल्ने कुरा राख्नु भयो त्यस्तै विशेष अतिथी सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख डा.दिपक गौतम ले आइ .सि.टि अध्ययनरत बिध्यार्थी हरु घोकन्ते र ब्यबहारीक हुन्छन…

"आइ.सि.टि क्लब सुर्खेत ले गर्यो शिक्षकहरुलाई सम्मान"

विदेशी विज्ञापन हटाए सबै टेलिभिजन च्यानल बन्द हुने, टेलिभिजन व्यवसायी !

काठमाडौं । सरकारले लागू गराउने प्रकृयामा रहेको क्लिन फिड अर्थात विदेशी विज्ञापन हटाए टेलिभिजन च्यानल प्रशारणको संभावना नभएको यस क्षेत्रमा आबद्ध व्यवसायी संस्थाहरुले जनाएका छन् ।नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् । सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति-२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै…

"विदेशी विज्ञापन हटाए सबै टेलिभिजन च्यानल बन्द हुने, टेलिभिजन व्यवसायी !"

टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवालाई गुणस्तरीय बनाउँदै

नेपाल टेलिकमले हाल संचालनमा भएका पुराना प्रविधिका ल्याण्ड लाइन अर्थात पिएसटीएन टेलिफोन सेवामा गुणस्तर वृद्धि हुने गरी नयाँ प्रविधिमा रुपान्तरण थालेको छ। टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पिएसटिएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरे। ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय २४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको टेलिकमले जनाएको छ। टेलिकमको योजनाअनुसार आगामी दुई महिना भित्रमा मुलुकका…

"टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवालाई गुणस्तरीय बनाउँदै"

वर्ल्डलिंकको २१ वर्षमा एक लाख ग्राहक

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले स्थापनाको २१ वर्षमा एक लाख ग्राहक संख्या पुर्याएको छ । उक्त उपलक्ष्यमा वर्ल्डलिंकले १० जना ग्राहकलाई सामसङको ‘एस एट’ मोडलको फोन तथा एक सय जनालाई ३ महिनाको निशूल्क इन्टरनेट उपहार वितरण गरेको छ। ‘एस एट’ स्मार्टफोन उपहार पाउनेहरुमा काठमाण्डौंका भरत शाही ठकुरी, तेन्जिङ शेर्पा, सुजन तिमल्सिना, बिनोद थापा मगर र एडभेन्चर तानसेन ट्रेक रहेका छन्। त्यस्तै भक्तरपुरका ज्योती लामा, भैरहवाका राजेन्द्र कुमार, धनगढीका स्माइल चौधरी,…

"वर्ल्डलिंकको २१ वर्षमा एक लाख ग्राहक"

आइसिटी अवार्ड २०१७ आयोजना हुँदै,

काठमाडौं । लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै लिभिङ विथ आइसिटीले सो जानकारी दिएको हो । अवार्ड घोषणा कार्यक्रम आगामी भदौ २ गते गरिनेछ । यस क्षेत्रका विज्ञहरुको जुरी समुहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम विजेतालाइ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिने छ । यस वर्ष आइसिटी अवार्डमा…

"आइसिटी अवार्ड २०१७ आयोजना हुँदै,"

माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ

हामी बजारको माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ आइटी, अहिलेका विद्यार्थीको रोजाइमा परेको विषय हो । आइटी पहिलो पटक नेपालमा भित्रदाँ यसलाई लन्च गर्ने दुईचारवटा कलेजहरू मात्र थिए । ती मध्ये एक हो काठमाडौं, पुतलीसडकस्थित रहेको कान्तिपुर सिटी कलेज (केसिसी) । सन् २००० बाट आइटी शिक्षाको पढाई सुरु गरेको कान्तिपुर सिटी कलेजमा अहिले इन्जिनियरिङ, आम संचार र पत्रकारिताको स्नातकोत्तर, बिबिए समेतको पढाई हुने गरेको छ ।  आइटी पढ्न चाहने विद्यार्थीको…

"माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ"

साइबर आक्रमणमा परी दुई हजार जना पीडित

किभ : युक्रेनमा यसै हप्ता भएको बृहत साइवर आक्रमणमा परी दुई हजार जना भन्दाबढी पीडित भएका छन् । युक्रेनको राष्ट्रिय प्रहरीले शुक्रबार जारी विज्ञप्तिमा उक्त जानकारी दिएको छ । युक्रेनका कम्युटर सञ्जाल अन्तरगतका कम्तीमा पनि दुई हजार १०८ वटा कम्युटर भाइरसले असर पारेको र कम्युटरमा भएका विवरण हेर्न नमिल्ने भएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । एक सय ११ वटा सरकारी कार्यालय र ३०९ वटा निजी कम्पनीले औपचारिक रुपमा सो साइबर आक्रमणको निवेदन प्रहरीसमक्ष दर्ता…

"साइबर आक्रमणमा परी दुई हजार जना पीडित"

कर नतिर्ने व्यवसायीको फेसबुक बन्द गरिने

हनोइ (भियतनाम) : भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्ने भएको छ । यसका लागि फेसबुकसँग सहकार्य गर्ने भियतनाम सरकारले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ । कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी…

"कर नतिर्ने व्यवसायीको फेसबुक बन्द गरिने"