ईन्भेष्टमेन्ट बैंकका ATM Card हरुको DATA चोरी गर्ने बुल्गेरियन पक्राउ

अपरिचित पुरुष व्यक्तिले ठमेल लगायतका विभिन्न स्थानमा रहेका बैंकका ATM बाट अनधिकृत रुपमा रकम निकाल्न प्रयास गरि रहेको तथा नेपाल ईन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारी स्थित ATM मेसिनमा स्किमर मेसिन जडान गरेको भनी हुलिया सहितको सूचना प्राप्त भए पश्चात केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको टोलिले काठमाडौंका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटी लगायतका स्थानहरुमा जडान गरिएका ATM हरुमा गोप्य निगरानी गर्दै जाँदा नेपाली बैंकका ATM Card हरुको DATA चोरी गरी विदेश लैजाने तथा ATM बाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्न बुल्गेरियन नागरिक VITALIY VASILIEVICH NEKIT लाई मिति २०७४/०७/२४ गते का.जि. का.म.न.पा. वडा नं. २९, ठमेल, नरसिंहचोक स्थित होटल डिस्कभरी को कोठा नं. ३०४ बाट विभिन्न कार्ड थान -१८, ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंक को ATM मेसिनबाट रकम निकालेको स्लिप थान-३, बिद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरू थान-५ लगायतका सामाग्रीहरु सहित पक्राउ गरिएको छ ।

पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान कार्य भैरहेको । ATM Card ठगीमा विदेशी मुलुकका नागरिकको संलग्नता: हालसम्म केन्द्रिय अनुसन्धान व्यूरोले ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरु पक्राउ गरेको छ ।  निजहरुबाट हालसम्म नेपाली रु. ८८ लाख ६८ हजार ८५० , अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न ATM Card १३२६ थान बरामद गरिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here