ICT Journalist Development Forum organized online Journalist training

लागूऔषध पुर्नस्थापना केन्द्रमा रहेका पूर्व लागू औषधप्रयोगकर्ताहरुलाई लक्षित अनलाइन पत्रकारीता तालिम दिइने 
– साधना बस्नेत/काठमाडौं
आइसिटी पत्रकार विकास मञ्चले पूर्व लागू औषधप्रयोगकर्ताहरुलाई ७ दिने निःशुल्क अनलाइन पत्रकारीता तालिम दिइने भएको छ। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारको सहयोगमा हुने तालिम काठमाडौंको कीर्तिपुर नगरपालिका मच्छेगाउस्थित नवजीवन लागू पदार्थ रोकथाम सहयोग तथा उपचार केन्द्रमा सञ्चालन हुनेछ । तालिममा १६ देखि ४० वर्ष उमेरभित्रका १५ देखि २० जनासम्म पूर्व लागू औषध प्रयोगकर्ताहरु सहभागी हुनेछन् ।
लागू औषध दुव्र्यसनको कुलतबाट पुन सामाजिक जीवनमा फर्किन पुर्नस्थापना केन्द्रमा उपचार गराइरहेका पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई सूचना प्रविधिको उचित प्रयोगमार्फत सक्षम र आत्मनिर्भर उन्मुख बनाउने उद्देश्यले अनलाइन पत्रकारीता सीपमुलक कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्र संयोजक तथा आइसिटी पत्रकार मञ्चका अध्यक्ष भरतराज उप्रेतीले बताए । Inline image 1
अनलाइन पत्रकारीता तालिममा फेसबुक पेजमार्फत लागूऔषध दुव्र्यसन, साइवर अपराध लगायतका सामाजिक चेतनाका सन्देश, लेख रचनाहरु, चित्रकला, विचार विवेचनाहरुलाई कसरी सूचनामुलक बनाउने भन्ने बारेको ज्ञान दिइनेछ भने आफैले स्वतन्त्र रुपले ब्लग सञ्चालन गरी कसरी ब्लगमार्फत सामाग्रीहरु प्रकाशन र प्रसारण गर्ने भन्ने बारेको व्यवहारिक ज्ञान समेत दिइनेछ । साथै ब्लगमार्फत कसरी आयआर्जन गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा सिकाइनेछ । अनलाइन पत्रकारीतामार्फत आफूलाई सोसल मिडियामा कसरी स्थापित हुने टिप्स पनि दिइनेछ । अहिलेको सोसल मिडियाको अव्यवस्थित प्रयोगले लागू औषध प्रयोगले झै कसरी हाम्रो जिन्दगीलाई बर्बाद बनाउछ र साइवर अपराधतर्फ धकेल्छ भन्ने विषयलाई पनि तालिममार्फत महत्वपूर्ण ज्ञान सहभागीहरुलाई दिइनेछ Inline image 4Inline image 3
Inline image 2

प्रस्तावित कार्यक्रमको अवधारणा
बढ्दो सहरीकरण, शिक्षा तथा जनचेतनाको कमी र गलत समाज तथा साथीभाईको संगतका कारण युवाहरु लागू पदार्थको दुव्र्यसनमा जानी जानी फसिरहेका छन् । दुव्र्यसनको कुलतमा फसिसकेका युवाहरुको मनोभावनालाई पहिलेको अवस्था फर्काउन बिना पुर्नस्थापना असम्भव नै छ । पुर्नस्थापना भएकाहरुलाई पनि पहिलेको अवस्थामा फर्काउन स्रोत साधन र उचित लगानीको अभाव छ । पुर्नस्थापना आफैमा सबैथोक होइन मात्र एउटा पुल मार्गदर्शनको बाटो हो । त्यसैले पुर्नस्थापना रहेका लागू औषधका पूर्व प्रयोगकर्ताहरुलाई अहिलेको सूचना प्रविधिको ज्ञानसँगै यसबाट आयआर्जन उन्मुख बनाउनेतर्फ प्रारम्भिक चरणको सीप मार्फत अगाडी बढ्न सहयोग पुर्याउने लक्ष्य र उद्देश्यसहित लागू औषध बिरुद्धको अनलाइन पत्रकारीता सीपमुलक तालिम कार्यक्रम पसञ्चालन गर्न लागिएको हो ।
कार्यक्रमको उद्देश्यहरु
लागु औषध तथा दुव्र्यसनको कुलतमा फसेकालाई सूचना प्रविधिको ज्ञानमार्फत आत्मनिर्भर बनाउने ।
सामाजिक ब्लग र सामाजिक सञ्जालको प्रयोगद्धारा दुव्र्यसनको कुलत त्याग्न सक्ने वातावरणको सिर्जना गर्ने ।

लागू औषध तथा दुव्र्यसनको चुनौती र असरलाई मध्यनजर गरेर लागू औषध प्रयोगकर्ताहरु कतिपय पुर्नस्थापना केन्द्रबाट चाहदा चाहदै पनि सुध्रिन सक्तैनन् । त्यस्तो परिस्थिति नआओस् भन्ने मेसेज सबैतिर फैलाउन सूचना प्रविधिको उचित प्रयोगमार्फत सीपको ज्ञान दिन यो कार्यक्रम योजना बनाएको हो । लागुऔषध र दुव्र्यसनबाट छुट्काराका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि निम्न क्रियाकलापहरु गरिनेछन् ।
कार्यक्रम तयारी भेला तथा प्रशिक्षाथी छनौट (१५ जना)
पुर्नस्थापना केन्द्रका पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई ओरेन्टेसन कक्षा चलाउने
दक्ष अनुभवी, कम्प्युटर ज्ञाताहरुलाई ब्रुसर र पम्पेलेट बितरण गरेर ।
अनलाइन पत्रकारीता तालिमबाट सोसल ब्लग सञ्चालनपछि ब्लगमा लेखेका विविध विषयवस्तुहरुको सूचनामार्फत आयआर्जन कसरी गर्ने

प्रस्तावित कामको लागि आवश्यक भैतिक पूर्वाधार

कक्षाकोठा, हल ( भाडामा )
प्रशिक्षक २ जना
पुर्नःस्थापना केन्द्र, पूर्व लागू औषध प्रयोगकर्ताहरु
इन्टरनेट, कप्युटर, प्रोजेक्टर

कार्यक्रम संचालन समय अवधि

कार्यक्रम संचालन अवधि ७ दिने रहनेछ ।

प्रस्तावित कार्यक्रमको उपलब्धि (लाभान्वित संख्या)

प्रस्तावित कार्यक्रमको उपलब्धि प्रत्यक्ष (लाभान्वित संख्या) १५ जना रहने छन् भने अप्रत्यक्ष रुपमा लक्षित पुर्नस्थपना केन्द्रका १६ देखि ४० वर्ष उमेरका सबै लागू औषध पूर्वप्रयोगकर्ताहरु हुनेछन् ।
विषयबस्तुहरुलाई भण्डारण गरेर राख्ने