काठमाडौंमा एकदिने ““SEO SEMINAR” कार्यक्रम सम्पन्न

10th April 10, 2016  “Youth in ICT Committee, CAN Federation”  को आयोजनामा काठमाडौंमा एकदिने ““SEO SEMINAR” कार्यक्रम सम्पन्न भएको छ । कमीटीका सभापति चिरन्जीवी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सस कलेजका डाईरेक्टर संकर प्रसाद शर्मा विशेष अतिथि हुनुहुन्थ्यो । त्यसैगरी क्यान महासंघका अध्यक्ष ई. विनोद ढकाल प्रमुख अतिथि रहनु भएको थियो भने महासंघका महासचिव र सचिव अतिथि रहनुभएको थियो । क्यान महासंघको सचिवालय खुसिंबु, नयाँ बजारमा सम्पन्न कार्यक्रममा टेक्सस कलेजबाट ७० जना विद्यार्थीहरुको सहभागिता थियो ।

नेपालकै ख्यातीप्राप्त SEO Expert तथा Speakers प्रकाश खतिवडा र कृष्ण बोगटीले उपस्थित विद्यार्थीहरुलाई वेब प्रमोशन गर्ने तरिका, SEO को हालको आवश्यकता साथै वास्तविक संसारमा कम्पनीहरुसंग कसरी काम गर्ने भन्ने विषयमा सहजिकरण गर्र्नु भएको CSIT एसोसिएसनका अध्यक्ष आभाष अधिकारीले जानकारी दिनुभयो ।