Student Learning and Job Opportunities,Shankar Prasad Sharma

Training Program in  Biratnagar Improves Student Learning and Job Opportunities, Shankar Prasad Sharma

विराटनगर स्थित निहारीका कलेजमा बिएस्सी सिएसआइटी  अध्ययनरत ९१ जना विधार्थीहरुमाझ ३ दिने बुट क्याम्प सम्पन्न भएको छ । कार्यक्रममा एफवान सफ्टका वरिष्ठ सफ्टवेयर डेभलोपर संजीव थापा तथा आइटी विज्ञ शंकर शर्माको उपस्थिति रहेको थियो ।  क्याम्पमा संजीव थापाले व्यवसायिक तालिम अन्तर्गत पिएचपी, वल्र्डप्रेस, एचटीएमएल तथा वेभ डेभलपमेन्ट तालिमबारे जानकारी गराएका थिए । शंकर शर्माले सिएसआइटीको महत्व,अवसर तथा चुनौतीको बारेमा प्रकाश पारेका थिए ।  एफवान सफ्ट सिगांपुरमा केन्द्रिय कार्यलय रहेको एसियाको ठूलो सफ्ठवेयर कम्पनी हो । यसले १५ भन्दा वढी देशहरुको साथै नेपालका विभिन्न वाणिज्य तथा विकास बैंकहरुमा सेवा दिई रहेको छ ।    क्याम्पबाट प्राप्त भएको उपलव्धि सम्वन्धमा यहाँ पाँचौ सेमेस्टरकी छात्रा नेहा मल्लिकले भनिन्,‘यी विषयहरु हामीलाई धेरै महत्वपूर्ण रहेछन् ।’ क्याम्पबाट सिएसआइटीको महत्व र क्षेत्रको बारेमा अझ बढी चासो र अभिरुची पैदा गरेको उनले बताइन् ।    तेसो सेमेस्टरकका छात्र उज्वल रिजाल भन्छन पूर्वाञ्चलमा निहारीकाले सिएसआइटीमा ल्याएको आयामलाई क्याम्पले अझ उत्साह थपेको बताए । पहिलो सेमेस्टरका छात्र प्रशान्त पोखरेल एफवान सफटसँगै टाइअपले कलेजका विद्यार्थीलाई वेभ डेभलपमेन्ट र सफ्टवेयरमा धेरै जानकारी प्राप्त हुनेछ ।    निहारीका कलेजमा  हाल एफवान सफ्ट इन्टरनेशनलसँग शैक्षिक सम्बन्धन भई सकेको र पर्सन भ्यू टेस्ट सेन्टर, सिस्को एकाडेमी र माइक्रोसफ्ट कम्पनीको सदस्यता लिन आवश्यक मापदण्ड पूरा गर्न सफल रहेको कलेजका अध्यक्ष रुपेश खतिवडाले बताए । यसरी व्यवसायिक विषलाई एकैसाथ लिएर जादाँ देश विदेशमा  आवश्यक दक्ष आइटी जनशक्तिको अभाव नहुने अमित ढकालले बताए ।

Source: koshikhabar