कतै तपाईको मोबाइल सेट वैशाखपछि ब्लक त हुदैन?

IMEI

काठमाडौं, चैत। विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट छ भने होस् गर्नुहोस, किनकि तपाईको मोबाइल फोन ब्लक हुनसक्छ । उक्त मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ ।

हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् । अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन् ।प्राधिकरणले जानकारी दिएको ६ महिनाभित्रमा पनि आइएमइआई नलिएमा त्यस्तो मोबाइल भने स्वतः ब्लक हुनेछ । आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था कार्यविधिमा छ ।

प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालका अनुसार यदि आधिकारिक आइएमइएआई नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने बताए । उनले भने,’यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ ।’ अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई प्राधिकरणले अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो । आइएमआई भनेको कुनै पनि मोबाइल सेटको पहिचान राख्ने १५ अंकको नम्बर हो । इआइआरएस भनेको त्यस्ता उपकरणको पहिचान दर्ता गर्ने प्रणाली हो । उक्त कार्यविधि वैशाख १ देखि लागू हुनेछ ।