Ratnapark offers free Wi-Fi to Visitors

 काठमाडौं । काठमाडौंमा इन्टरनेट चलाएर बस्न मिल्ने शान्त ठाउँ रत्नपार्क बनेको छ ।अब २५ रुपैयाँको टिकट काटेर रत्नपार्क भित्र  छिर्ना साथ फ्री वाइफाइको पासवर्ड उपहार स्वरुप मिल्नेछ । यो सेवा लिन विद्यार्थीले भने १५ रुपैयाँको टिकट काट्नुपर्नेछ । रत्नपार्क भित्र छि पछि मात्रै फ्री वाइफाइको पासवर्ड हात लाग्नेछ । रत्नपार्कमा चैत ५ देखि निशुल्क इन्टरनेट सेवा प्रारम्भ हुन लागेको छ । रत्नपार्क मा आउने सेवाग्राही लाई सूचना प्रविधिको सहज पहुँच दिन भन्दै   काठमाडौं महानगरपालिकाले इन्टरनेट सेवा सुरु गर्न लागेको हो ।  पार्कभित्र बसेर इमेल गर्नेदेखि च्याटिङ, इन्टरनेट ब्राउजिङ, फोटो तथा भिडियो अप्लोलोडिङ, डाउनलोडिङ लगायत सकै किसिमका इन्टरनेट सुविधा प्राप्त हुनेछ । बिदाको दिनबाहेक तपाईंले २ एमबीपीएसको इन्टरनेट चलाउन सक्नुहुनेछ । शनिबार र सार्वजनिक बिदाको दिन भने ४ एमबीपीएस को इन्टरनेट चल्नेछ । त्यसका लागि रत्नपार्कभित्र ६ वटा एक्सेस पाेइन्ट राखिएका छन् । एउटा एक्सेस पाेइन्टबाट एकपटकमा ४० जनाले इन्टरनेट चलाउन सक्छन् । यसरी रत्नपार्कभित्र २ सय ४० जनाले एकै पटक फ्री वाइफाइको सुविधाका उपयोग गर्नेछन् ।

पहिला नै निशुल्क इन्टरनेट सेवा सुरु गरिएको भनेपछि त्यो सुचारु हुन सकेको थिएन । गत वर्षको सार्क शिखर सम्मेलन पछि स्तरोन्नती गरिएको रत्नपार्कमा अझै सुविधा थप्दै लैजाने महानगरपालिका को योजना छ ।

पार्क भित्र नजाने ले वाइफाइ को पासर्वड दुरुपयोग गर्ने आशंकाले समय-समयमा परिवर्तन गर्ने व्यवस्था गरिएको छ ।