गुगल क्रोमको नयाँ फिचर सार्वजनिक

काठमाडौं ।
गुगल क्रोमले नयाँ फिचर सार्वजनिक गरेको छ। यस नयाँ फिचरले डाउनलोडिङ प्रक्रियालाई सजिलो बनाउने कम्पनीले जनाएको छ।
सामग्रीहरु डाउनलोड गर्ने समयमा धेरै कन्टेन्टहरु अाउँछन्। यस्तो अवस्थामा कुन कस्तो हो भन्ने अन्याैलमा हुँदा फेक (fake) डाउनलोड बटनले अलर्ट गर्ने छ।
सामान्यतया डाउनलोडको क्रममा तीनवटा ‘डाउनलोड’ बटन देखिन्छन् र त्यहाँ fake बटन छुट्याउन गार्हो हुन्छ। यस्तो अवस्थामा त्यहाँ फेक बटन छ भने यो फिचरका माध्यमबाट “Deceptive site ahead”  भनेर एउटा पेज खुल्छ।
यो फिचर गुगल क्रोमको डिफल्ट सेटिङमा हुन्छ। यसलाई अन राखेर आफ्नो डिभाइसलाई भाइरसबाट बचाउन सकिन्छ। Preferences – Settings – Advanced – Privacy मा गएर यो फिचर संचालन गर्न सकिन्छ।