Facebook Users ले आफ्नो भावना ब्यक्त गर्न सक्ने

काठमाडौं । 

फेसबुकमा  ‘रिएक्शन’ बटनले काम गर्न सुरु गरेको छ। फेसबुकका प्रमुख मार्क ज़ुकरबर्गले फेसुबुकको तेस्रो त्रैमासिक नतिजा पछि विशेषज्ञहरु माझ एक कन्फ्रेसं कलमा यो जानकारी दिएका हुन्। यो ‘रिएक्शन’ बटनलाई स्पेन, आयरल्याण्ड र अन्य केहि देशहरुमा परिक्षण गरिएको थियो। सफल परिक्षण पछि यो सुविधा विश्वका अन्य मुलुकमा पनि उपलब्ध हुने उनले बताए। जुकरबर्गले भनेका छन १.६ अर्ब फेसबुक प्रयोगकर्ताले छिट्टै आफ्नो भावना संसारकै सबैभन्दा ठुलो सोसियल नेटवर्कमा धेरै तरिकाबाट ब्यक्त गर्न सक्नेछन।

फेसबुकले आफ्नो नयाँ फिचर ‘रिएक्शन’ बटनलाई २०१५ मा अमेरिका बाहिर ४ महिना सम्म परिक्षण गरेको थियो। जुकर्बर्गले भनेका छन् कि छिट्टै संसारभर ६ वटा नयाँ इमोशन सोसियल नेटवर्कमा राखिनेछन। फेसबुकमा लाइक बटन आएको लामो समय भैसकेको छ। अरबौको संख्यामा मानिसहरु प्रतेक दिन यो बटनको प्रयोग गर्दछन। यी इमोशनको एनीमेटेड तस्विरको साथमा प्रस्तुत गरिदैछ। केहि समय धेरै राम्रो हुँदैन। मानिसहरु फरकं ढंगबाट आफ्नो भावना ब्यक्त गर्न चाहनछन्।

उनले अनलाइक बटन नभएको बारे जानकारी दिदै भनेका छन कि शान्तवना ब्यक्त गर्न या अन्य स्थितिमा अनलाइक बटन सहि सावित नहुन सक्छ। त्यसैले फेसबुकले रिएक्शन बटन ल्याउन लागेको उनले बताए। जुकर्बर्गले भनेका छन कि यो बटनमार्फत मानिसहरुले शान्त्वना दुख या रिस ब्यक्त गर्न सक्नेछन।

केहि फेसबुक प्रयोगकर्ता बर्षौ देखि अनलाईक बटनको माग गर्दै आएका छन्। तर फेसबुकले यसलाई नकारात्मक भन्दै रिएक्शन बटन मार्फत यो माग पुरा गर्न लागेको बताएको छ। जुकर्बर्गले भनेका छन कि हामि चाहन्छौ कि मानिसहरु आफ्नो जीवनको सबै भन्दा महत्त्वपूर्ण घटनामा प्रतिक्रिया ब्यक्त गरुन।फेस्बुकले डिसलाइक बटन बारे भने केहि भनेको छैन।