साइबर सेक्युरिटी च्यालेन्जेज यन्ड सोलुशन आइसीटी कन्फरेन्स २०१६

काठमाडौं । 

इन्टरनेट र यस संग सम्बन्धित सेवाहरु आजको दुनियामा आम कामकाजीहरुको दैनिकी बनेकोमा कसैको दुइमत छैन l एकदशक अघि सम्म शहरिया इलाइट हरुको शोखको रुपमा रहेको इन्टरनेट र वेब आजका दिनमा के धनी के गरिब, के सहर के गाउँ, के कार्यालय के व्यक्ति, सबै सबैको अनिबार्य आबश्यकता र चासोको बिषय बनेको छ.

इन्टरनेटमा अभ्यस्त आजको पिडीलाइ सामान्य लागे पनि यसको बिकाश र विस्तारको फड्को चाही पत्याईनसक्नुको चमत्कारिक छ l संसारभर द्रुततर गतिमा इन्टरनेटको प्रयोगमा आएको बढोत्तरी संगसंगै कैयन चुनौतिहरु देख परेका छन् l

खासगरी आम मानिसहरुका महत्वपूर्ण डाटा र सूचनाहरु भबिष्य सम्म कसरी सुरक्षित गर्न सकिएला भन्नेमा यस क्षेत्रमा आबद्धहरुको ध्यान केन्द्रित भएको छ l बेला बेला मा हुने गरेका साइबर आक्रमण र सुरक्षा ब्रिचका घटनाले हामी कहाँ मात्र होइन सुपर पावर हरुको पनि निंद हराम गरिरहेको छ l

यसै सन्दर्भमा नेपालमा पनि यस बारेमा चासो र बहस चलाउने मुख्य लक्ष्यका साथ क्यान महासंघ र इन्टरनेट सोसाइटीको संयुक्त आयोजनामा आइसीटी कन्फरेन्स २०१६ फेब्रुअरी १ र २ मा काठमाडौँ को होटेल याक यन्ड एतीमा हुदैछ l

साइबर सेक्युरिटी : च्यालेन्जेज यन्ड सोलुशन फर डेभलपिङ इकोनोमिकस् मुख्य टाइटल अन्तर्गत स्वदेशी र बिदेशी बिषय बिज्ञ सहित विभिन्न चारवटा ट्रयाक र प्यानलमा हुने छलफलले साइबर सुरक्षा र चुनौतीका बारेमा समाधानका उपाय सुझाउनुको साथै कानुनी र नितिगत पक्षमा सार्थक बहस चलाउने अपेक्षा गरिएको छ l