ईन्फोटेकको दोश्रो दिन ८५ हजार २ सय ५ जनाद्वारा अवलोकन आज बिजनेश डे

काठमाडौं । 

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को आज दोश्रो दिन अवलोकन कर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका छन् । आज सम्म १ लाख २४ हजार ३ सय ८२ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

“सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिताले हामीलाई थप उत्साह र हौसला मिलेको छ । इन्फोटेकमा सहभागि कम्पनीहरुले आज नयाँ नयाँ प्रविधिजडित उत्पादनहरु आकर्षक स्किमका साथ सार्वजनिक गरेका छन ।

आज विशेष गरी इन्टरनेट सेवा प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप/कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

ईन्फोटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी अफर, केवल ईन्टरनेट एण्ड क्लियस टिभी कम्बो अफर, फिफ्ट ईन्टरनेट एण्ड क्लियर टिभी कम्वो अफर ल्याएको छ । क्लियर टिभी अफर अन्तर्गत ९ हजार ७ सय ३५ रुपैंया पर्ने प्याकेजलाई ३ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराएको छ ।

साथै टिभी सेट– टप बक्स निःशुल्क उपलब्ध गराएको छ । त्यस्तै १४ हजार ९ सय ८१ रुपैंया पर्ने प्याकेजलाई केवल इन्टरनेट एण्ड क्लियर टिभी अफर अन्तर्गत ६ हजार ४ सय ९९ रुपैंयामै उपलब्ध गराएको छ । यसमा पनि केवल मोडियम डिभाइस, क्लियर टिभी सेट– टपबक्स निःशुल्क उपलब्ध गराएको छ । त्यसै गरी २१ हजार एक सय ४८ रुपैंया पर्ने प्याकेजलाई ९ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराएको छ ।

त्यसैगरी वेबसर्फरले ट्रिपल डाटा अफर, निःशुल्क जडान ४ जिवी सम्म टपअप सुविधा ल्याएको छ । त्यस्तै वल्र्डलिंकले पनि ट्रिपल डाटा अफर, नगद छुट, एक वर्षे प्याकेजमा वेबक्याम तथा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । भायनेटले ४ हजार ९ सय ९९ रुपैंयामा ईन्टरनेट प्याकेज उपलब्ध गराउनुका साथै निःशुल्क जडानको सुविधा प्रदान गरेको छ ।

ईन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले सार्वजनिक गरेको विभिन्न फिचरजडित सिसिटिभीहरु अवलोकनकर्ताहरुको नजरमा प¥यो । कम्पनीले ल्याएको सडकमा गुडेको सवारीको स्पिड जानकारी दिने तथा यात्रुहरुको गणना गर्न सकिने सिसिटिभी, घर बाहिरबाटै मोबाइल फोनमार्फत घरको भ्mयाल ढोका खोल्न बन्द गर्न सकिने आइपी वेश डोर एक्सिस कन्ट्रोल सिष्टम तथा सामुदायमा आधारित सिसिटिभीप्रति अवलोकनकर्ताहरुको आकर्षण देखियो । यो सिसिटिभी प्रतिघर १० देखि १५ हजार शुल्कमा धमाधम बुकिङ भैरहेको छ ।

ईन्फोटेकको अर्काे आकर्षणको केन्द्र बन्यो राउटर र ल्यापटपका स्टलहरु । डिजिकमले विभिन्न मोडलका राउटरहरुमा एक हजारसम्म छुट प्रदान गरेको छ । प्रदर्शनीमा लेनेभो, डेल र एसरका नयाँ भर्सनका ल्यापटपहरु विशेष अफरसहित सार्वजनिक भएका छन् ।

ईन्फोटेकमा सहभागि एसोसरिजका स्टलहरु पनि भरिभराउ देखियो । पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, म्युजिक साउन्ड सिष्टमका स्टलहरु अवलोकनकर्ताहरुको नजरमा प¥यो । स्मार्टफोन/ट्याब्लेट अन्तर्गत माइक्रोम्याक्स, डिटिसी, प्रेष्टिजिओ, किभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । हुवावेले ल्याएको जि ७ प्लस स्मार्टफोन पनि धेरैको रोजाईमा प¥यो । त्यस्तै एइइले ल्याएको वाइफाइ सुविधा भएको बिशेष क्यामेरा, ड्रोन्स र रेकर्डरहरु पनि मेलाको आकर्षण बन्यो ।

प्रदर्शनीमा एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीका स्टलहरुमा पनि अवलोकनकर्ताहरुको भिड लाग्यो । फाल्कन ईन्टरनेशनलले ल्याएको बुलगार्ड ईन्टरनेट सेक्युरिटी, एण्टिभाइरस तथा मोबाइल सेक्युरिटी पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । प्रदर्शनीमा प्राजेक्टर, एलइडी टिभी तथा डेक्सटपहरुले अवलोकनकर्ताहरुलाई आकर्षित गरेको छ । प्रविधि सम्वन्धी तालिम दिने ट्रेनिङ ईन्स्टिच्युट तथा शैक्षिक संस्थाहरुमा भिड लागेको छ ।

लोडसेडिङको अन्धकारबाट मुक्त हुन जेनेरेटर, ब्याट्री, सोलार, युपीएस लगायत खोज्ने अवलोकनकर्ताहरुको संख्या पनि बाक्लो देखियो । त्यस्तै प्रिन्टर, नोट काउन्टिङ मेसिन, फोटोकपी मेशिन, स्क्यान मेशिन पनि अवलोकनकर्ताको नजरमा प¥यो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन ।

भोलि अर्थात माघ १७ गतेलाई विजनेश डेको रुपमा घोषणा गरिएको छ । भोलिको लागि प्रवेश शुल्क रु १००/– तोकिएको छ । ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । इन्फोटेक आगामी २० गतेसम्म संचालन हुनेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले आइसीटी सम्मेलन हुने भएको छ । सम्मेलन माघ १८ र १९ गते होटल याक एण्ड यति, दरबार मार्गमा हुनेछ ।

अन्त्यमा, हाम्रो यस अभियानमा साथ दिनुहुने तपाई सञ्चार माध्यमका यहाँ संचालक, प्रकाशक तथा पत्रकारहरुमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।