Technology Training, Training For Dhading Based Online Journalists

काठमाडौं । 

Technology Training, Training for Dhading based Online Journalists

अनलाइन मिडियामा कार्यरत धादिङका पत्रकारहरुलाई कम्प्यूटर र सूचना प्रविधिको प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्ला विकास समितिको कार्यलय धादिङको आयोजना तथा नेपाल पत्रकार महासंघ धादिङको समन्वयमा सञ्चालित तालिम तीन दिनसम्म चलेको थियो ।

तालिममा विजय यादव र प्रकाश खतिवडाले अनलाइन मिडिया, अनलाइनमा समाचार हाल्ने तरिका, कपि, पेस्ट, ¥याङकिङ हेर्ने तरिका, एलेक्सा, होस्टिङ लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।अनलाइन अपडेटका क्रममा हुने क्रुटि र त्यसका समाधानका बारेमा समेत जानकारी गराइएको थियो ।

तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । तालिममा सहभागीहरुलाई जिल्ला विकास समिति धादिङका निमित्त स्थानीय विकास अधिकारी एवम् आन्तरिक लेखा अधिकृत हरि बहादुर पाटा मगरले प्रमाणपत्र समेत प्रदान गरेका थिए ।