प्रणय दिवसको अवसरमा  एनसेलको नयाँ योजना

काठमाडौं– एनसेलले आफ्ना ग्राहकहरुका लागि भ्यालेन्टाइन सिजनको अवसरमा नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकहरुले सो सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने जनाइएको छ साथै ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ ।

उक्त योजनाले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको दाबी छ ।यो आकर्षक अफर बिहिबारदेखि १५ दिनको लागि लागु हुने जनाइएको छ । यस अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानिको मज्जा लिन सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागू हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here