15th Technological Festival Locus 2018 Begins

locus 2018
logpoint locus 2018

लोकस, ईन्जिनियरिङ् अध्धयन संस्था, पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्टि्रकल तथा इलेक्ट्रोनिकस ईन्जिनियरिङ् फ्याकल्टीको विद्यार्थी नाफारहित संगठन हो। हरेक वर्ष लोकसले विद्यार्थी माझ विभिन्न क्षमता अभिबृदि कार्यक्रम, प्रतिस्पर्धामुलक सफ्टवेयर, हार्डवेयर तथा इलेक्टि्रकल कार्यक्रम संचालन गरेर समग्रमा युवा सोचलाई समाजमा परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्ने माध्यमको रूपमा आफूलाई परिचित गराउदै आइरहेको छ।

2018 locus

लोकसले बर्षैभरि गर्ने विभिन्न कार्यक्रममा तिन दिने प्राबिधिक प्रदर्शनी पनि गर्दै आएको छ। यस १५ औ प्राबिधिक प्रदर्शनी माघ १९ गते देखि पुल्चोक क्याम्पसमा सुरु भएको छ र यो दिन सम्म  चल्ने  आयोजकहरुको भनाइ छ।

कार्यक्रम को उद्घाटन गर्न सूचना तथा संचार मन्त्रि माननीय मोहन बहादुर बस्नेत ज्युले पाल्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि बस्नेतले यस्ता प्रदर्शनी हरुले बिद्यार्थीहरुको क्षमता अबुइब्रिद्दि हुने र प्रदर्शनी मा राखिएका प्रोजेक्टहरु ब्यबहारिक रुपमा उतार्न सके देश बिकाशमा टेवा पुराउने पनि भान्नुभाय्येको थ्यो।

उत्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोग का उपादक्ष डा. स्वर्णिम वाग्ले बिशेष अतिथिका रुपमा पाल्नु भएको थियो। त्यस्तै गरि इन्जिनियारिंग अध्धयन संस्थान, पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा डा गोकर्ण बहादुर मोत्र लगायत विभिन्न प्राध्यापकहरुको उपस्थिति थियो। लोकस २०१८ का संयोजक प्रसिध कार्कीले आम जनमानसलाइ यस १५ औ प्राबिधिक प्रदर्शनीमा भ्रमण गरि स्मार्ट सिटी निर्माणमा प्रविधिको आवस्यकता बुज्नालाई अवाह्वन गरेका थिय।

प्रमुख अतिथि बस्नेतले रिबन काटेर प्रदर्शनी को समुद्घाटन गरेपक्षि बिद्यार्थीहरुको प्रोजेक्टहरुको अवलोकन गर्नु भएको थियो। उहाले बिद्यार्थीहरु संग प्रोजेक्टहरुका बारेमा प्रतिक्रिया दिनुभयो र समन्वय गरेर अगाडी जान सकिने भनेर प्रोत्शाहन समेत दिनुभयो।

प्रदर्शनीको प्रथम दिनमा प्रोजेक्टहरुको प्रदर्शनी बाहेक कोड क्याम्प र ड्रोनाचार्य पनि भएको थियो। ड्रोनाचार्यको शाब्दिक अर्थ ड्रोन(बिना मानिस हावामा उडाउने साधन) उडाउन सिपालु हो। यस प्रतियोगितामा भाग लिन प्रतियोगि आफैंले ड्रोन निर्माण गरेका थिय। आफ्नो ड्रोनलाई कन्ट्रोल गरेर विभिन्न चुनौती पार गर्दै अन्तय रेखामा पुगन सफल हुने विजय घोषित हुनेछ।पहिलो चरणको खेलमा ख्वपा ईन्जिनियरिङ् क्याम्पस, इस्लिंगटन कलेज, नेसनल कलेज अफ ईन्जिनियरिङ् र टिम ओज्टेकहरु फाइनलको लागि चयन भयका छन्। फाइनल माघ २१ गते हुनेछ।

त्यस्तैगरी कोड क्याम्प पनि पहिलो दिनमै संचालन भयको थियो।  यसमा दुइ दिनभित्रमा एउटा सफ्टवेर आइडियालाइ बजारमा बेच्न सक्ने उत्पादनको रुपमा बिकसित गर्नुपर्ने हुनेछ।  यस कार्यक्रमको फाइनल माघ २० मा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here