साइबर सुरक्षा ठूलो चुनौति

साइबर सुरक्षा आज सबैका लागि ठूलो चुनौति बनेको छ । ह्याकिङका माध्यमबाट संवेदनशील जानकारीहरु समेत चोरी हुन थालेका छन् । रुसले यसका लागि व्हाइट ह्याट ह्याकर्स ग्रुप नै तयार गरेको छ, जसले ह्याकर्सहरुमाथि निगारनी गर्दछ ।

भिडियो गेम्स बच्चाहरुलाई निकै मन पर्दछ । तर यस्ता भिडियो गेमले बच्चामा हिंश्रक व्यवहारको सिर्जना हुने गरेको आरोप लाग्ने गरेको छ । अमेरिकाले चाहीँ यस्ता भिडियो गेमको कूटनीतिक प्रयोग गर्ने ग्रेको छ । यिनै भिडियो गेमका माध्यमबाट विश्वभरका बच्चाहरुमा अंग्रेजी भाषा तथा अमेरिकी संस्कृति सिकाउने प्रयास गरिरहेको छ । स्विजरल्याण्डमा ठूला ठूला जलाशय सफा गर्नमा समेत रोबोटिक भ्याकुम क्लिनरको प्रयोग हुने गरेको छ ।

मोबाइल फोनको प्रयोग आज जोकोहीले पनि गर्ने गरेको छ । जसका कारण विश्वमा ठूलो संख्यामा मोबाइल फोन उत्पादन हुन थालेको छ । मोबाइल बनाउन यस्ता चिजको प्रयोग हुन्छ जो पृथ्वीमा थोरै परिमाणमा पाइन्छन् । बेलायती अनुसन्धानकर्ताहरु यस्ता पदार्थहरु पृथ्वीमा कहाँ कहाँ पाइन्छन् भन्ने कुराको अनुसन्धानमा जुटेका छन् ।

onlinekhabar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here