कसरी बने शाक्य कम्युटर वैज्ञानिक ? भरतराज उप्रेती

३५ वाट विद्युत क्षमतामा चल्ने कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेकोले ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प सक्ने शाक्यको दावी छ । उनको अविष्कारलाई चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे पनि नेपालमा उनको आविष्कार म्युजियमको रुपमा बेखबर बनिरहेको छ ।

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचित नाम होइन किनकी सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए ।तिनै व्यक्ति नेपालका लागि गुमनाम बनिरहेका छन् कारण ३७ वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार, न त सूचना प्रविधि क्षेत्रका व्यवसायी नै चासो नदेखाउदा।

आइबिएम कम्पनीभन्दा २ वर्ष पहिले माइक्रो कम्प्युटर नेपालबाटै बनाउने ब्रेन भएका शाक्यको आविष्कारहरु पछि पर्नुमा विज्ञान तथा सूचना प्रविधिमा राज्यको चासो नहुनु प्रमुख कारण हो  । नत्र माइक्रो कम्प्युटर, सुपर कम्प्युटर देवनागरी कम्प्युटर र अहिले ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक र आजको पुस्ताका लागि पनि विज्ञान प्रविधिमा ठीक हुदाहुदै पनि किन प्रयोगमा आएन र  ल्याउन दिइएन त ? खोजको विषय बनेको छ अहिले ।

उमेरले ७० वसन्त पार गरिसकेका शाक्यको विज्ञान प्रविधिप्रतिको जोश र जाँगर अझैपनि किशोर अवस्थाको भन्दा कम छैन् । आजभन्दा ३७ वर्षपहिले, सन् १९७९ मा माइक्रो कम्प्युटर अविष्कार गरेका शाक्य सरकारको नजरवाट अहिले पनि टाढा छन् । सन् १९७० को दशकसम्म विश्वमै सूचना प्रविधि अर्थात् कम्प्युटरको विकास नभएको अवस्थामा शाक्यले सबैलाई आश्चर्य पार्दै माइक्रोचिप्स प्रयोग गरी कम्प्युटर निर्माण गरेका थिए त्यो पनि नेपालबाटै ।

आइबिएम जस्तो कम्पनी जसले त्यतिबेला माइक्रोकम्प्युटर बनाउने सोच गरिरहेको बेला एउटा साधारण नेपाली प्रतिभाले माइक्रो चिप्स प्रविधिमार्फत पहिलो माइक्रो कम्प्युटर नेपालबाटै बनाउन सफल भए ।  माइक्रो कम्प्युटर बनाएर शाक्य चुप लागेर बसेनन् । सन् १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर बनाएर सफल प्रयोग समेत गरेर देखाए । सन् २००६ मा शाक्यले सुपर कम्प्युटर बनाए ।

हाल शाक्यले ३५ वाटबाट चल्ने ग्रिन कम्युटर बनाएर सफल प्रयोग समेत नेपालबाटै गरिसकेका छन् । यतिमात्र होइन ५ वाटबाट चल्ने ग्रिन कम्युटर समेत निर्माण गर्ने अन्तिम तयारीमा शाक्य पुगेका छन् । नेपालमा नै बनेको ग्रीन कम्प्युटरले जम्मा ३५ वाट बिद्युत मात्र खपत गर्दछ, जसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक १८ घण्टा भन्दा बढी चलाउन सकिन्छ ।  लोडसेडिङको मार खेपिरहेको बेला शाक्यको ग्रीन कम्युटर अहिलेको देश सुहाउदो प्रविधि भए पनि सरकारी वेवास्ता र निजी क्षेत्रको हेपाईको कारण यी अविष्कारहरु ओझेलमा परिरहेको छ ।

३५ वाट विद्युत क्षमतामा चल्ने कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेकोले ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प सक्ने शाक्यको दावी छ । उनको अविष्कारलाई चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे पनि नेपालमा उनको आविष्कार म्युजियमको रुपमा बेखबर बनिरहेको छ ।

शाक्यको प्रतिभालाई देखेर अमेरिकाको एक कम्पनीले आजभन्दा २५ वर्ष अगाडी नै उतै बस्न आग्रह गरे पनि त्यसलाई अस्वीकार गर्दै आफ्नै देशमा विज्ञान प्रविधिमा नवीनतम काम गर्ने सोचका साथ नेपाल फर्किए र वि. सं २०४२ सालमा हाइटेक पायोनियर नामको पहिलो कम्प्युटर बनाउने कम्पनी खोलेर कम्प्युटर र यसका पार्ट्सहरूको इनोभेसनमा लागिरहे ।

करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका शाक्यको प्रविधितर्फको अद्भूत क्षमतालाई नेपाल सरकारले साथ मात्रै दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउने थिया, शाक्य बताउछन् । आफ्नो व्यक्तिगत स्वार्थको लागि नभई नेपाल सरकारलाई चिनाउन करोडौं मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन भित्र्याएका सो मेसीन अहिले एउटा कोठामा अलपत्र अवस्थामा थन्किएको छ । नेपालमा ४० जना भन्दा बढि इन्जिनियरहरुलाई रोजगार दिईरहेका शाक्य अहिले एक्लै बन्न पुगेका छन् ।

देवनागरी कम्प्युटर :

एउटै कम्प्युटरमा भएको कामलाई २ सयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने सुपर कम्प्युटर बि. सं २०६३ सालमा बनाएका शाक्यले सन् १९८३ मा नेपाली माध्यमबाट देवनागरी लिपिको कम्प्युटर बनाएका हुन् । शाक्यले बनाएका थुप्रै रोचक प्रविधिहरूमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको रोबोर्ट, सेक्युरिटी यन्त्र उपकरण र अन्य थुप्रै कम्प्युटरका ग्याजेटहरू छन् ।

आवाजबाटै पानी तान्न, बत्ती बाल्न र निभाउन, रेडियो बजाउन र बन्द गर्न, छुनै नपर्ने उपकरणहरू अहिले शाक्यको एउटा घरमा शो को रुपमा थन्किएका छन्। ए ब्रेन अफ कम्प्युटर, सुपर कम्प्युटर, नेपाली बोल्ने रोबोर्ट, ग्रिन कम्प्युटर शाक्यले निर्माण गरेका उत्कृष्ट नमूना हुन् ।

नेपालका कम्प्युटर वैज्ञानिक शाक्यले भ्वाइस रिकग्नाइनेशन सिष्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इङलिस, इङलिस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायत प्रोग्राम निर्माण गरेका छन् ।

शाक्यले बनाएका कम्प्युटर कहाँ-कहाँ प्रयोगमा आए

शाक्यले बनाएको कम्युटर सन् १९८६ मा ८५ हजार रुपैयाँका दरमा कृषि विकास बैकले १६ वटा र एक वटा अर्थ मन्त्रालयले किनेका थिए । उनको यो प्रविधिलाई जापानिज नागरिकले समेत किनेर लगेका थिए । पछिल्लो समय उनले निर्माण गरेका ग्रिन कम्युटर पहाडी इलाकामा सञ्चालित विद्यालयहरुमा लागि अति उपयोगी रहेको छ र ग्रामीण स्कूलको पुस्तकालयका लागि युनाइनेट मिसन टु नेपालले ५ सय वटा किनेर लगेको शाक्यले बताए ।

नेपाल बैंकले ११७ वटा प्रयोगमा ल्याएको शाक्य बताउँछन् । प्रविधि चिन्ने जान्नेहरुले सयौं संख्यामा किनेर लगेर । मुनि शाक्य भन्छन्, सूचना प्रविधिका अभियन्ता महावीर पुनले समेत केही कम्प्युटर आफ्नो अभियानका लागि उपयोगी भन्दै किनेर लगे ।

के गर्दैछन् कम्युटर वैज्ञानिक शाक्य अहिले

शाक्य हाल घट्टेकुलोस्थित ३ तले भवनमा बस्दै आएका  छन् । उनको दिनचर्या नजिकैको कम्प्युटर फ्याक्ट्री तथा म्युजियम पायोनियर प्रालिमा नै बित्ने गरेको छ । फुर्सदको समयमा अझै पनि उनी नयाँ नयाँ प्रविधिका बारेमा सोच्ने, त्यससम्बन्धी पत्रिका पढ्ने गर्दछन् ।

फ्याक्ट्री पुग्नु, आफ्ना आविस्कारको सुरक्षा र संरक्षण गर्नु तथा नयाँ आविस्कारमा घोत्लिनु शाक्यको दिनचर्या हो । रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा औधी रुचि राख्ने शाक्य कुशल तबलावादक पनि हुन् भने उहाँ सजिलै १० ओटा भाषा बोल्न सक्छन् । कम्प्युटर वैज्ञानिक शाक्यले २० वाटभन्दा कम विद्युत् खपत गर्ने ग्रीन कम्प्युटरको विकास गरी कालिकोटलगायतका जिल्लामा टेलिमेडिशिनसमेत सञ्चालन गरिरहेका छन् ।

कसरी बने शाक्य कम्युटर वैज्ञानिक ?

शाक्यले अध्ययनका क्रममा भारत, फ्रान्स, सिंगापुर, हङकङ, जापानलगायत देशमा २१ बर्ष बिताए । उनले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गरेका हुन् भने सन् १९७२ मा ब्रिटिश काउन्सिलको छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ गरेका थिए । अध्ययन र कामको सिलसिलामा फ्रान्समा रहँदा उनले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाएका थिए भने युकेमा निर्मित माइक्रोप्रोसेसरबाट नेपालमै पहिलो माइक्रो कम्प्युटर बनाएका थिए ।

शाक्यको आविस्कार उनको क्षमता र कार्यकौशलको विकास र प्रवद्र्धनमा सरकारले आवश्यक ध्यान दिन नसके पनि २ दर्जनभन्दा बढी अन्तरराष्ट्रिय र राष्ट्रिय सम्मानबाट उनी सम्मानित भएका छन् । उनका आविस्कार नेपाली र विदेशी बजार पुग्न नसके पनि क्षमता र नवीनताको प्रशंसाका लेख समाचारहरु नेपाली र अंग्रेजी म्यागेजिनहरुमा छापिएका छन् । घरको भित्ताको एक कोठामा उनको सम्मानले भरिएको छ ।

पछिल्लो समय ढल्किदै गएको उमेरका कारण शाक्यलाई नेपालको एक मात्र कम्प्युटर म्युजियमका रूपमा रहेको उनको निजी सङ्ग्रहालयलाई सरकारले बृहत् रूपमा सञ्चालनमा ल्याउन सहयोग गरोस् भन्ने र बनेपाको आइटी पार्कमा आफैले खरिद गरेका र बनाएका कम्प्युटरका कारखाना राखेर उत्पादन गर्ने उनको इच्छा रहेको छ । राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता कम्प्युटर वैज्ञानिक मुनि शाक्यले गरेका छन् । राज्यले पहिचान मात्र दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ ।

शाक्यको इनोभेसनप्रति सूचना प्रविधि विभागका महानिर्देशक मिश्रको जवाफ यस्तो

मुनि बहादुर शाक्यको इनोभेसन बारेको खबर लिएर आइसिटी खोज पत्रकारिता अभियान केन्द्रका नेतृत्व कर्ता भरतराज उप्रेतीको टिम सूचना प्रविधि विभागमा जादाँ महानिर्देशक बीरेन्द्र कुमार मिश्र अचम्ममा परे । मिश्र वि.स.२०४२ सालमा शाक्यसँग कम्युटर सम्बन्धी तालिममा सँगै सहभागि भएका रहेछन् । त्यसबेला कम्युटर सम्बन्धी तालिम, गोष्ठी जे भएपनि शाक्यको नाम अग्रस्थानमा आउने गरेको उनले खुलेर बताए ।

अविष्कार गर्नेहरु सोचमग्न हुने र सोच्दा, सोच्दै शाक्य बाहिर आउन नसकेको बताउदै यसका लागि सरकारको नीतिगत सहयोग र व्यवसायिक योजना हुनुपर्ने मिश्रले बताए ।  आइसिटी खोज पत्रकारीता अभियानमार्फत मुनि शाक्यको आविष्कारहरु देशकै लागि उपयोगी साबित भए प्रयोगमा ल्याउन सूचना प्रविधि बिभाग र आफ्नो तर्फबाट सक्दो सहयोग हुने महानिर्देशक मिश्रले बताए ।

किन ?  आइसिटी खोज पत्रकारिता अभियान

स्वास्थ्य सेवामा ग्रीन कम्प्युटरको प्रयोगमार्फत टेलिमेडिसिन सेवा विगत ५ वर्षदेखि विकट जिल्ला कालीकोटमा सामाजिक सेवामुलक तवरले सञ्चालन गर्दै आएका मुनि शाक्यको विज्ञान प्रविधिको अपार ज्ञान भण्डार, क्षमता र हाइटेक पायोनियर सेन्टरलाई आइसिटी पत्रकार विकास मञ्चले देशव्यापी प्रयोगमा ल्याउन आइसिटी खोज पत्रकारीता अभियान शुरु गरिरहेको जानकारी गराउन चाहन्छौं । विगत ४० वर्षको इतिहास बोकेको हाइटेक पायोनियर कम्प्युटर उत्पादन केन्द्रका वैज्ञानिक एवं कम्प्युटर विज्ञ मुनि बहादुर शाक्य जो आज पनि नेपालमा विज्ञान तथा प्रविधिको खोज अनुसन्धान, आविष्कार र प्रयोगमा उत्तिकै खटिरहेका छन् । शाक्यले सन् १९७९ मा आइबिएम कम्पनीको सोचभन्दा अगाडी रहेर नेपालबाटै पहिलो माइक्रो कम्प्युटर बनाएर नेपाल प्रविधि आविष्कार र प्रयोगमा अगाडी रहेको सन्देश विश्वभरि पु¥याए । सन् १९८३ मा देवनागरी लिपीको विकास गरेका शाक्यले वि.सं २०६३ सालमा सुपर कम्प्युटर सिष्टमको विकास नेपालमै गरे।

शाक्यले अहिले ३५ वाट क्षमतामा चल्ने ग्रिन कम्प्युटरको विकास गरी सफल परीक्षण समेत गरिसकेका छन् । नेपालमा नै बनेको ग्रीन कम्प्युटरले जम्मा ३५ वाट बिद्युत मात्र खपत गर्दछ, जसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक १८ घण्टा भन्दा बढी चलाउन सकिन्छ । त्यतिमात्र होइन शाक्यले ५ वाटको ग्रिन कम्प्युटरको समेत आविष्कार गरिसक्नुभएको छ । जुन सरोवर ब्याकअप कम्प्युटरको लागि अति उपयोगी छ । ताइवानबाट आजभन्दा २० वर्ष अघि नै करोडौं मुल्यको कम्प्युटर प्लान्ट मेसीन भित्र्याएर हजारौं कम्प्युटर बनाइसकेका शाक्य विज्ञान प्रविधिमार्फत नेपालको विकास सम्भव छ भन्नेमा अझै पनि उत्तिकै आशावादी छन् । राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता मुनि शाक्यले गरेका छन् भने राज्यले पहिचान दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ ।

विज्ञान तथा सूचना प्रविधिमा सरकारले केही गरेन भन्ने सर्वत्र गुनासो छाइरहदा मुनि शाक्यको हाइटेक पायोनियर सेन्टर लाई अध्ययन अनुसन्धान, विकास, आविष्कार र प्रयोगका लागि शिक्षा स्वास्थ्य क्षेत्रसँग जोड्न सकिन्छ भन्ने कुरालाई देशव्यापी प्रयोगमा ल्याउन र राष्ट्रिय विज्ञान तथा प्रविधिको प्रयोग सेन्टरको रुपमा हाइटेक पायोनियर सेन्टरलाई नेपाल सरकारको पब्लिक प्राइभेट पार्टनरशीप परियोजना मार्फत सञ्चालनमा ल्याउन आइसिटी खोज पत्रकारीता सोसल अभियानलाई व्यापक जनसमर्थन जुटाउनका लागि सूचना प्रविधिप्रेमी तथा आम नागरिकमा हार्दिक अपिल गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *