इन्स्टाग्राम स्टोरी सिधै फेसबुकमा पोष्ट !

प्रयोगकर्ताले आफ्ना इन्स्टाग्राम पोष्टलाई सीधै फेसबुकमा पोष्ट गर्न सकिने फिचर फेसबुकले गत महिनाबाट पोर्चुगलमा परीक्षण गरेको थियो । अब यो फिचर अमेरिकी प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको छ । टेकक्रन्चको रिपोर्ट अनुसार, फेसबुकले पनि यो रिपोर्टको पुष्टि गरेको छ कि विश्वभरमा सबै प्रयोगकर्ताका लागि यो फिचर आधिकारिक रुपमा सुरु गरिँदैछ ।

फेसबुकका प्रवक्ताले भनेका छन्– अब तपाईंसामु आफ्नो इन्स्टाग्राम स्टोरीजलाई फेसबुक स्टोरीजमा शेयर गर्ने अप्सन हुनेछ । हामी तपाईंका लागि महत्वपूर्ण रहेका हरेक व्यक्तिको साथ कुनै पनि क्षणलाई शेयर गर्ने कार्य सहज बनाउँदैछौं ।

इन्स्टाग्राम स्टोरीलाई फेसबुकमा पोष्ट गर्न सकिने भए पनि फेसबुक स्टोरीजलाई इन्स्टाग्राममा पोष्ट गर्न सकिने विकल्प भने रहने छैन । भविष्यमा यो फिचर पनि ल्याइने फेसबुकको भनाइ छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here