७ सयभन्दा बढी टावरबाट फोर-जी दिँदै एनसेल

२० असोज, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले ७०० भन्दा बढि टावर जडान गरी चौंथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । कम्पनीको माउ कम्पनी मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तीय विवरणअनुसार, एनसेलले जुन महिनाको अन्त्य -असारको मध्य) सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।

कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पुर्वाधारले ग्राहकहरुलाई सञ्चार सेवा प्रदान गर्न उनीहरुको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ । टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ ।

ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो । प्रथम चरणमा काठमाण्डौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ ।

फोरजी सेवा संचालनमा आय पश्चात बढेको इन्टरनेट प्रयोगले डाटा खपतमा उल्लेख्यरुप वृद्घ िभएको पनि उक्त रिपोर्टले जनाएको छ । दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ६८ लाख जिबी पुगेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो ।

प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्धि भएको छ र यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ । दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाएको छ ।

दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदन । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्

डाटाको ग्राहक संख्यामा भएको वृद्धि  तुलनात्मक रुपमा सस्तिएको डाटा शुल्क, स्मार्टफोनको प्रगोगमा वृद्धि लगाएतका कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा रहेको छ । प्रतिवेदनका अनुसार, एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका गर्ने गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि थियो ।

पछिल्ल्ाो समयमा पनि फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरु ल्याएको छ । यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन् ।

एनसेलले जेठ १८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो ।

त्यसपछि सेवा विस्तार गर्दै हाल पुर्व देखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउँदै आएको छ र सन् २०१८ को अन्त्य सम्ममा देशको ४० शहरहरुमा यो सेवा पुर्याउने लक्ष्य रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here