कमटेकमा अवलोकनकर्ताको घुइँचो, कम्पनीले ल्याएका आकर्षक छुट र अफर

can commtech 2017

राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को आज तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित क्यान महासंघको आयोजनामा बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा भइरहेको क्यान कमटेक प्रदर्शनी भोली असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
शनिबार कमटेकलाई उच्चस्तरका व्यक्तित्वले समेत अवलोकन गर्नुभयो । पूर्व प्रधानन्याधिश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसहित राजनीतिक क्षेत्रमा उच्च अधिकारी, सरकारी प्रतिनिधिको टोलीले कमटेक अवलोकन गरेको थियो ।
यस संस्करणलाई सञ्चार प्रविधि र सुरक्षा प्रविधिको विशेष प्रदर्शनीको रुपमा सञ्चालन गरिएको छ । विश्वविख्यात कम्पनीदेखि स्थानीयस्तरका कम्पनीले ल्याएका वस्तु र सेवाको एकै थलोमा प्रदर्शनी भएको छ । मेलाको तेस्रो दिन अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरको भिड लागेको देखियो । ६५ विभिन्न कम्पनीका ९० स्टल रहेको प्रदर्शनीमा प्रविधिका पछिल्लो संस्करणहरुवारे जिज्ञासा राख्ने र खरिद गर्नेहरुको बाक्लो उपस्थित रहेको पाइयो । कमटेकमा सहभागी कम्पनीहरुले ल्याएको विभिन्न आकर्षक अफरहरुले अवलोकनकर्ताहरुलाई थप आकर्षित गरेको देखिन्छ ।
मेलामा नयाँ उत्पादन सार्वजनिक गर्ने र आकर्षक अफर ल्याउने क्रम तेस्रो दिन पनि जारी रह्यो । कमटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले ल्याएको हाइस्पिड इन्टरनेरनेट र क्लियर टिभीको विशेष अफरमा अवलोकनकर्ताको आकर्षण रह्यो । सुबिसुले कमटेकलाई लक्षित गर्दै १२ सय रुपियाँमा ७ एमबीको अनलिमिटेड फाइबर इन्टरनेट ल्याएको छ । साथै ६० एमबिपिएसको इन्टरनेट २ हजार १ सय, ३० एमबिपिएसको इन्टरनेट एक हजार ७ सय र १० एमबिपिएसको इन्टरनेट एक हजार ४ सय रुपियाँमा उपलब्ध गराएको छ । साथै सुबिसुले २०० भन्दा बढी डिजिटल र एचडी च्यानलहरू ल्याएको घोषणा गरेको छ । योसँगै सुबिसु नेपालकै सबैभन्दा बढी एचडी र डिजिटल च्यानलहरू उपलब्ध गराउने कम्पनी बनेको जारी विज्ञप्तिमा छ । स्पोर्ट, मुभिज, म्युजिक र इन्टरटेन्मेन्ट एन्ड एडभेन्चर एन्ड लाइफ स्टाइललगायत विभिन्न च्यानलहरू ग्राहकको मागअनुसार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कमटेकको डायमन्ड स्पोन्सर नेपाल टेलिकमको फ्रि सिम अफरमा पनि सेवाग्राहीको घुईचो लाग्यो । टेलिकमले रु. ५० मा रु. ५० कै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ भने फोरजी इन्टरनेट सेवाबारे पनि जानकारी गराएको छ ।
गोल्ड स्पोन्सर नेटिसले पछिल्ला मोडलका राउटर र स्विचहरु विशेष छुटसहित प्रदर्शनीमा राखेको छ । हाल बजारमा लोकप्रिय रहेको नेटिसको डब्ल्युएफ२४०९ई मोडेलको ३०० एमबिपिएस वायरलेस एन राउटर र डिएल४३२३ मोडेलको ३०० वायरलेस एन एडिएसएल २ प्लस मोडेम राउटर कमटेकमा पनि आकर्षण केन्द्र बनिरहेको छ ।
प्रिन्ट स्पोन्सर हाइसेन्सले आफ्ना फोरके स्मार्ट टिभीसहित विभिन्न इलेक्ट्रोनिक्स प्रडक्टहरुको विशेष प्रदर्शनी गरिरहेको छ ।
यसपटकको कमटेकमा आउने अवलोकनकर्ताका लागि निकै आकर्षक स्किम पनि छ । रु. ५० रुपियाँको टिकेट खरिद गरेर मेला आउँदा सनराइज बैंकले रु. २ सय रुपियाको बैंक खाता खोल्न पाउने सुविधा दिएको छ । साथै खल्ती पेमेन्ट सिस्टमले हरेक दिन लक्की ड्रमार्फत् २० इन्चको टिभी उपहार दिइरहेको छ । साथै कमटेकमा खरिद गरेको टिकेटबाट प्रत्येकले १० रुपियाँ आफ्नो एकाउन्टमा जम्मा गर्न सक्ने खल्तीले जानकारी दिएको छ ।
त्यस्तै दराज एपबाट ल्यापटपको खरिदमा ३० प्रतिशत छुटका साथै ६ महिना निःशुल्क वाइफाईको समेत व्यवस्था गरेको छ । राजेश मोबाइल स्टोरद्वारा सिजी, एमआई, ओप्पो लगायतका फोनहरुमा ८ देखि १२ प्रतिशतसम्मको छुट र निशुल्क बिमा समेत उपलब्ध गराएको छ । कमटेकमा साथी कम्प्युटरस् द्वारा ल्यापटपको खरिदमा ल्यापटपका एसेसरिज सामानहरू सित्तैमा उपलब्ध गराइरहेको छ ।
मेलामा बारकोड नेपालले ल्याएको जेडकेटेको ब्रान्डको एक्सरे मेशिनमा अवलोकनकर्ताको निकै भिड देखियो । यो उत्पादनमा डाइनामिक पिक्चर स्विचिङ, रिलायबिलिटी, नेटवर्क इन्टरफेस, इमर्जेन्सी स्विच लगायतका उत्कृष्ट विशेषता रहेको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार यो मेशिनमा एकैपटक ६ हजारभन्दा बढी इमेज स्टोरेज गर्न सक्ने क्षमता यसमा रहेको छ ।
त्यसैगरी डिकेड इन्टरनेश्नलले ल्याएको वाकीटकी र जिपिएस ट्रयाकर सिस्टममा अवलोकनकर्ताको आकर्षण रह्यो । कम्पनीले दिएको जानकारीअनुसार आपतकालीन समयमा उपयोगी हुने जिपिएस ट्रयाकर गाडी, मोटरसाइकल आदिमा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी सागर ग्रपले प्रदर्शनीको अवसरमा सार्वजनिक गरेका कोनिका माइनोल्टाका फोटोकपी र प्रिन्टर मेशिनले अवलोकनकर्ताको ध्यान तान्यो । कोनिका माइनोल्टाका ए थ्री साइजको ब्ल्याक एन्ड ह्वाइट र कलर दुवै फोटोकपियर÷प्रिन्टरहरुमा क्यान अफरस्वरुप १५ प्रतिशत छुट प्रदान गरिएको छ ।
त्यस्तै प्रदर्शनीमा जोनरिच ब्रान्डको पोस सिस्टम (आइडी कार्ड प्रिन्टर), एनइसी ब्रान्डको एनइसी ब्राण्डको भी सिरिजका नया प्रोजेक्टर र पिएबिएक्स इन्टरकम सिस्टम पनि कमटेक अवलोकनकर्ताको रोजाइमा पर्यो । त्यस्तै क्लाउड लिंक एन्ड सेक्युरिटी इन्टरप्राइजले भ्युसोनिक प्रोजेक्टरमा ८ हजार रुपियाँ छुटसहित ५ हजार मूल्यको म्यानुअल स्क्रिन र १६ जिबीको पेनड्राइभ निःशुल्क दिएको छ ।
यसैगरी एसएलटी प्रालिले वाइफाई स्विच, मोसन सेन्सर, बिजुली ढोका लक प्रणालीहरुमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
कमटेकको यसपटकको मुख्य आकर्षण भने सेक्युरिटी प्रडक्टमा देखिएको छ । सेक्युरिटी प्रडक्टका लागि छुट्टै प्याभेलियनको व्यवस्था गरिएको छ । यसमा अवलोकनकर्ताहरुले विभिन्न उपकरणहरु सिसिटभी, एक्सेस कन्ट्रोल सिस्टम, सेन्सर अलार्म, स्टाफ एटेन्डेन्स, फायर र स्पोक डिटेक्टर, फायर फाइटर आदिको प्रत्यक्ष अवलोकन गर्न सक्ने छन् ।
कमटेकमा विभिन्न कम्पनीले राखेको स्वास्थ्य परिक्षण मेसिनहरु पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । कमटेकमा उत्पादन मात्रै होईन प्रविधि तालिम दिने विभिन्न ट्रेनिङ इन्स्टिच्युट र सफ्टवेयरका स्टलहरु पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । ब्रोडवे इन्फोसिस, सुपर ब्रेनलगायतका आइटी तालिम प्रदायकले यस अवसरमा आफ्ना कक्षामा अफर ल्याएका छन् ।
कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । यसपटकको कमटेकमा आउने अवलोकनकर्ताका लागि निकै आकर्षक स्किम पनि छ । रु. ५० रुपियाँको टिकेट खरिद गरेर मेला आउँदा सनराइज बैंकले रु. २०० रुपियाको बैंक खातामा राखिदिने सुविधा दिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था समेत मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here