भृकुटीमण्डपमा क्यान कमटेक- २०१७ मेला सुरु

सूचना तथा प्रविधिसम्बन्धी मेला क्यान कमटेक – २०१७ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको हो।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको कार्यक्रम सात दिनसम्म चल्नेछ।

क्यान कमटेक २०१७ प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्यूरिटी तथा सेफ्टी सलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरू छन्।

प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ। सुबिसुले प्रायोजन गर्ने क्यान कमटेक २०१७ मा सानो र ठूलो गरि जम्मा ८७ वटा स्टलहरु छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here