अम्बिका प्रसाद ढकालको अध्यक्षतामा प्रबिधी मंचको गठन

अम्बिका प्रसाद ढकालको अध्यक्षतामा प्रबिधी उपभोक्ता सम्रक्षण मंचको गठन

प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान गर्ने, उपभोक्ताहरुको हितमा कार्य गर्ने, नयाँ नयाँ प्रविधिका उपलब्धीहरुबारे जानकारी गराउने, प्रविधिको क्षेत्रमा भएका अनियमितताहरुलाई निगरानी गर्ने उद्देश्यका साथ  “प्रविधि उपभोक्ता संरक्षण मञ्च, नेपाल” को स्थापना गरिएको छ । यस संस्थामा हाल ११ जना कार्यकारी सदस्यहरु रहेका छन् जसमाः श्री अम्बिका प्रसाद ढकालः अध्यक्ष, श्री जगत साउदः उपाध्यक्ष, श्री सुनिल विष्टः महाँसचिव, श्री खगेश्वर ढकालः सचिव, श्री शंकर चौलागाँईः कोषाध्यक्ष, श्री रोहित मैनालीः सदस्य, श्री लक्ष्मी काफ्लेः सदस्य, श्री निर्मल जंग थापाः सदस्य, श्री राजेन्द्र श्रेष्ठः सदस्य, श्री मानोज कुमार सिंह ठकुरीः सदस्य, श्री सागर सिं थापा क्षेत्रीः सदस्य रहनुभएको छ ।

मिति २०७४।०५।०९ गते शुक्रबार संस्थाको नियमिति बैठक बसी निम्न बुदाँहरुमा छलफल गरी निर्णय समेत गरेको छ:

१. हाल बजारमा उपलब्ध विभिन्न कम्पनीका मोवाईल लगायत अन्य उपकरणहरुमा त्यस वस्तुको अधिकतम मूल्य खोलमा जनाईएको हुनु पर्नेछ । जसका लागि वस्तु आयात गरी विक्री वितरण गर्ने डिलरहरुलाई र सम्बन्धीत सरकारी निकायहरुमा पत्राचार गर्ने निर्णय गरियो । यसबाट उपभोक्ताहरु र विक्रेताहरुलाई समेत सहजहुने विश्वास लिएको छ ।

२.प्रविधिका उपकरणहरुमा मनलाग्दी छुट प्रतिशत भन्दै विभिन्न प्रलोभन देखाएर कमसल सामान बेच्ने, विल विजक बिना नै कारोवार गर्ने वा भिडाउने प्रबृत्ती बढ्दै गएको जनगुनासो प्रति संस्थाको ध्यानाकर्षण भएको छ, त्यसैले यस्ता खालका गतिविधि सञ्चालन गर्ने गराउने उपर कडा निगरानी गरी सत्य तथ्य पत्ता लगाई सम्बन्धीत निकायमा कारवाहीको लागि सिफारिस गर्ने ।

संस्थाले निकट भविष्यमै चाडवाडको अवसर पारेर सम्पुर्ण ग्राहक वर्गलाई सुलभ, भरपर्दो र फाइदा पुग्ने गरी “मोवाईल तथा दशै मेला २०७४” आयोजना गर्न लागेको समेत जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here